प्रदेशको ३ को प्रदेश सभामा बहस : राजधानी हेटौँडा कि काभ्रे ?
काठमाडौँ । प्रदेश नम्बर ३ को प्रदेशसभामा प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेको छ । छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी बनाउने विषयमा आ–आफ्नो धारणा राखेका छन् । सांसद रवीन प्रसाद पाण्डेले संविधानले दिएको विशेष अधिकार अनुसार प्रदेशले राजधानी र नाम तोकोस् भन्ने आग्रह गरे ।
उनले भौगोलिक सुगमता, औचित्य सामर्थ, सबै दृष्ठिकोणले १३ जिल्लामध्ये ३२ लाख जनखंख्या बसोबास गर्ने क्षेत्रले काभ्रे र १३ लाख जनसंख्याले हेटौडालाई नजिक ठान्ने बताउँदै भौगोलिक सुगमता र सिंहदरबारको शासन जनताको विचमा ल्याउन काभ्रे उपयुक्त भएको बताए ।
उनले १० जिल्लाले हामी छुट्टै राजधानी घोषणा गर्छौँ भन्ने दिन आउन नदिन पनि काभ्रेमा प्रदेश राजधानी तोकिनुपर्ने बताए । सांसद प्रेमबहादुर पुलामीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा हेटौंडा राजधानी तोकेकाले त्यसलाई नबिगार्न माग गरे
सांसद केशवराज पाण्डेले भने नुवाकोट प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राखे । उनले नुवाकोटामा आफ्नो घर भएर मात्र नभइ काठमाडौंको जनघनत्व कम गर्न उपयुक्त ठाउँ नुवाकोट भएकाले प्रदेश राजधानी नुवाकोट हुनुपर्ने धारणा राखे ।
सांसद ओमबहादुर घलानले राजधानीका लागि बीचभाग खोज्ने कि महत्वपूर्ण भाग खोज्ने भन्दै प्रश्न गरे । सबैले हेटौडालाई नै मन पराएकाले हेटौडा नै राजधानी हुनुपर्ने उनको तर्क छ । उनले हिजो रणनीतिक सामरिक महत्वको आधारमा अस्थायी राजधानी तोकिएकाले त्यसलाई नबिगार्न आग्रह गरे ।
सांसद राजेन्द्र गुरुङले प्रदेश सरकार हुँदै गर्दा नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी केही दिन नसकेको बताउँदै अव काभ्रेलाई प्रदेश राजधानी तोकेर जानुपर्ने बताए । सांसद मुनु सिग्देलले संविधान अनुसार नै राजधानी तोकिने भन्दै कसैको अधिकार कसैले हनन नगरेको बताइन् । उनले दुई तिहाइ मतले मकवानपुरमा राजधानी तोक्न आग्रह गरिन् ।
सांसद रमेश पौडेलले काभ्रेको धुलिखेल राजधानी राख्न २ वटा आधारहरु प्रस्तुत गरे । उनले संघीयताले सामाजिक न्यानको सुनिश्चिता र हातैले भेट्ने ठाउँमा सरकार भनेकाले काभ्रे उपयुक्त हुने बताए । उनले ६० लाख जनसंख्या मध्ये ४८ लाखले एक दिन यात्रा गर्दा मुस्किलले हेटौडा पुग्ने र १३ मध्ये १० जिल्लाले राजधानी नभेटाउने भएकाले काभ्रे उपयुक्त हुने बताए । उनले प्रदेशको नाम बागमति राख्नु पर्ने समेत बताए ।
सांसद विजुला बर्मा रानाले काभ्रेमा धेरै जनसंख्याको पायक पर्ने बताइन् भने सांसद केशव प्रसाद पोखरेलले राजधानी काभ्रे उपयुक्त हुने बताउँदै अझ गहन भएर सोच्न आग्रह गरे ।
बैठक शुक्रबार दिउँसो ३ बजे पुनः बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना