शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (निर्णयसहित)

बिहीबार, २४ पुस २०७६, १६ : ४३
बिहीबार, २४ पुस २०७६

काठमाडौँ । मन्त्रिपरिषद्को गत पुस २१ गते बसेको बैठकको निर्णय सार्वजनिक भएको छ । बिहीबार सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् । 

निर्णयअनुसार द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सिर्जना भएका वा हुने विवादहरुको निरुपण गर्नका लागि अर्थमन्त्रालयका सचिवको संयोजकत्वमा ८ सदस्सीय आवश्यक तयारी संयन्त्र गठन गरिएको छ । 

यस्तै धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरिएको छ । 

बैठकले पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै महाकाली सिंचाइ आयोजनाको नहल निर्माणका लागि बन प्रयोग गर्न स्वीकृतिलगायतका १४ निर्णय गरेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप