अब लाइसेन्सका लागि कम्प्युटर सिस्टमबाट लिखित परीक्षा, क्षणभरमै नतिजा

काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अब परीक्षार्थीले कम्प्युटराइज्ड प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ ।
यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो । अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । कम्प्युटर प्रणालीबाट परीक्षा दिनुपर्नेछ ।
हाल हुँदै आएको लिखित परीक्षामा अनियमितता हुनेगरेको पाइएपछि विभागले यस्तो व्यवस्था लागू गर्न लागेको हो । सो व्यवस्था कार्यान्वयनमा आएपछि लाइसेन्समा हुने लिखित परीक्षाको अनियमितता हट्ने विभागको विस्वास छ ।
नयाँ व्यवस्था आएपछि लाइसेन्सको परीक्षा दिन चाहनेले अनलाइन फारम भर्नु पर्नेछ । फारम भरेपछि लिखित परीक्षाको मिति, स्थान र समय पाइन्छ । सोही आधारमा सम्बन्धित यातायात कार्यालयमा गएर परीक्षार्थीले कम्प्युटरमार्फत लिखित परीक्षा दिन सक्ने विभागले जनाएको छ ।
नयाँ प्रावधानअनुसार लिखित परीक्षाका लागि कम्प्युटरमा प्रश्न पहिले नै सेट गरिएको हुनेछ । परीक्षार्थीले पहिलेको लिखितको साटो कम्प्युटरमा नै उक्त प्रश्नको उत्तर दिनुपर्नेछ । यसबाट कम्प्युटरले तत्काल पास फेल बताइदिने छ । त्यसपछि सो विवरण यातायातको सर्भरमा सेट हुनेछ ।
यसका लागि अहिले विभागले अटोमेसन सफ्टवेयर तयार पारिरहेको छ । कम्प्युटरबाट परीक्षा दिनका लागि आवश्यक सबै पूर्वाधार बनाउन केही महिना लाग्ने विभागले बताएको छ । सो सफ्टवेयर बनिसकेपछि दैनिक सात हजारले परीक्षा दिन सक्ने विभागको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम