शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संकटाको सानदार जित

बिहीबार, २४ पुस २०७६, १४ : ३३
बिहीबार, २४ पुस २०७६

काठमाडौं। संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित निकालेको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा संकटाले विभागीय टोली एपीएफ क्लबलाई ४–२ गोलले हरायो । संकटाको जितमा विदेशी खेलाडी अजयी मार्टिनले दुई गोल गरे । लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरेका थिए । एपीएफका नविन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए ।

लक्ष्मण रुचालले १९औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाए । त्यसपछि कर्ण लिम्बुले ४४औं मिनेटमा दोस्रो गोल गरे । अजयीले ५३औं र ८८औं मिनेटमा गोल गरेका थिए । अजयी म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

संकटाको तुलनामा केही कमजोर देखिएको एपीएफका लागि नविन लामाले ५६औं र आशिष लामाले ७२औं मिनेटमा गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । लिगमा संकटाको यो दोस्रो जित हो । जितसँगै पाँच खेलबाट सात अंक बनाएको संकटा सातौं स्थानमा छ ।समान खेलबाट चार अंक बनाएको एपीएफ ११औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप