गाडीको बिक्री घट्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ ।
राष्ट्र बैंकले पुस पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।
त्यसको असर सवारीसाधन क्षेत्रमा देखिएको छ । पछिल्लो केहि दिन यता सवारीसाधनको विक्री २० प्रतिशतले घटेको नाडा अटोमोबाईल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनले पछिल्लो समय नाडा अटो शोमा बुकिङ भएका सवारी साधन डेलिभरी गर्न समेत नसकिएको बताए । उनले नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटोमोबाइल क्षेत्रमा सुस्तता आएको बताए ।
नेपाल राष्ट्र बैंकले भने ऋण लिएपछि तिर्ने क्षमतामा सुनिश्चितता कायम गर्न यस्तो नीति लागू गरेको जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले हायर पर्चेज, घरजग्गा लगायतका क्षेत्रमा दिइने कर्जामा आफ्नो कर चुक्ता भएको आम्दानीको ५० प्रतिशतबाट किस्ता तिर्न भ्याउने गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको र यसले कर्जा लिने व्यक्तिले भविश्यमा तिर्न नसक्ने अवस्थाको अन्त्य हुने बताए । उनले सवारी साधनको व्यवसायमा सुरुमा समस्या देखिएपनि भविश्यमा राम्रै फाइदा पु¥याउने बताए ।
उनले अर्थतन्त्रमा स्थिति बसाल्न र संस्थागत सुधार गर्न खोज्दा सुरुसुरुमा समस्या आउने तर पछि समान्य हुने भएकाले यसले दिर्घकालमा कुनै असर नगर्ने बताए ।
व्यवसायीहरुले चालु आर्थिक वर्षमा सवारी साधनको विक्री घटेको र राष्ट्र बैंकले पछिल्लो समय लागू गरेको व्यवस्थाका कारण अभैm व्यापार घट्ने बताएका छन् । यसले समग्र अर्थतन्त्रमा असर पार्ने नाडाका अध्यक्ष दुलालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई