मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इराकमा २४ घण्टाभित्र दोस्रो हमला, विदेशी दूतावास नजिकै दुई रकेट दागियो

बिहीबार, २४ पुस २०७६, १० : १६
बिहीबार, २४ पुस २०७६

इराकको बगदादमा २४ घण्टाभित्र दोस्रो रकेट हमला भएको छ । रिपोर्टका अनुसार यसपटक दुई मिसाइल उच्च सुरक्षा भएको ग्रीन जोनमा खसेको छ । यो स्थानमा थुप्रै विदेशी दूतावास छन् । दुई ठूला धमाकापछि पूरा ग्रिन जोनमा सुरक्षा अलार्म बज्न थाल्यो । कुनै पनि संगठनले अहिलेसम्म हमलाको जिम्मेवारी लिएको छैन । यद्यपि, अमेरिकी अधिकारीले भने यसको पछाडि इराकमा रहेको इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ माथि शंका जताएको छ ।

इराकको सुरक्षाबलको हिस्सा हुन् ‘हाशेद’

इरान समर्थित संगठन पिएमएफका प्रवक्ताका अनुसार हमलामा उनका पाँच सिपाहीको मृत्यु भएको छ । संगठनले सुरुमा हमलाका लागि इजराइलमाथि शंका जताएको थियो । पिएमएफ शिया लडाकूको एउटा गुट हो । यो आधिकारिक रुपमा इराकी सुरक्षाबलमा समावेश छ । रकेट हमलामा मारिएका मुहंदिस यो संगठनका उप–प्रमुख थिए । इराकमा अमेरिकी सेनाविरुद्ध गएकोमा ट्रम्प प्रशासनले उनीहरुलाई ब्ल्याकलिस्ट गरेको थियो ।

इराकमा इरान समर्थित संगठनलाई निशाना बनाइरहेको थियो अमेरिकाः

अमेरिकाले आजकाल इराकमा इरान समर्थित कतैब हिज्बुल्ला विद्रोहीलाई निशाना बनाइरहेको छ । दुई हप्ता अघि अमेरिकी एयरस्ट्राइकमा यी संगठनका २५ लडाकू मारिए । अमेरिकाका अनुसार उसले यो हमला इराकमा अमेरिकी ठेकेदारको मृत्युको बदला लिनका लागि गरेको थियो । कतैब हिज्बुल्लाका नेताले हमलाका लागि अमेरिकालाई परिणाम भोग्नका लागि चेतावनी दिएका थिए ।

इरानको हमलामा अमेरिकालाई कुनै क्षती भएको छैनः

एकदिन अघि नै इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा २२ मिसाइल दागेको थियो । इरानले अनबर प्रान्तमा ऐन अल–असद एयर बेस र इरबिलको एक ग्रीन जोनमाथि हमलामा अमेरिकाका ८० सैनिक मारिए । यद्यपि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो दाबीलाई झुटो बताएका छन् । न्यूज एजेन्सी रोयटर्सले यससँग सम्बन्धित केही सेटलाइट फोटो जारी गरेको छ । इरानले अमेरिकी एयरबेसमा दागेको मिसाइलले सात भवनमा क्षती पुगेको देखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप