ad
x
समाचार

नेकपा सचिवालयमा ‘एमसीसी’को विपक्षमा ‘दुई तिहाई’

person explore access_timeपुस २४, २०७६ chat_bubble_outline5

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्वीकार्ने या नस्वीकार्ने भन्ने बहस जारी छ ।


पुस पहिलो साता सकिएको नेकपाको स्थायी समितिमा यसबारे व्यापक बहस भएपछि सुझबुझका साथ निर्णय गर्ने अधिकार हाईकमाण्ड अर्थात् सचिवालयलाई दिइएको थियो ।



तर, स्थायी समितिले जिम्मा दिएको १५ दिन बित्दा समेत यसबारेमा नेकपा सचिवालयमा ठोस छलफल हुन सकेको छैन ।



‘प्रतिवेदनमा समेटिएकाले सामान्य छलफल भएपनि एजेण्डाका रुपमा सचिवालयमा यो विषयले प्रवेश नै पाएको छैन’, एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘बहुमत नेता एमसीसी सम्झौता संशोधनको पक्षमा रहेकाले नै सचिवालय बैठकमा एमसीसी एजेण्डा नबनेको हुन सक्छ ।’



तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र केही मन्त्रीहरुले एमसीसी सम्झौता संसदबाट पारित हुन्छ भनेर एकोहोरो भनिरहेका छन् । यही बेला अमेरिकी दुतावासले समेत एमसीसी इण्डोप्यासिक रणनीति अन्तगर्तकै अङ्ग भनेर अर्थयाई सकेको छ । जसलाई नेपाल सरकारका केही मन्त्रीहरुले इण्डोप्यासिफिकअन्तर्गत एमसीसी नभएको भन्ने भनाइलाई खण्डित गरिदिएको र यो विषयलाई अघि बढाउन नेकपा सचिवालय र सरकार दुवैलाई अप्ठेरो भएको नेकपाकै नेताहरुको भनाइ छ ।






त्यतिमात्रै होइन नेकपा सचिवालयका अधिकांश सदस्यहरु नै हालकै अवस्थामा एमसीसी पारित गर्न नहुने पक्षमा देखिएका छन् । सचिवालयका नेताहरुबीच नै सहमति बन्न नसकिरहेका बेला यो सम्झौताबारे निर्णय गर्न नेकपाका नेताहरुलाई कठिन हुने सचिवालयका एक सदस्य बताउँछन् ।



‘नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष र महासचिवबाहेक अरु नेताहरु सम्झौता संशोधन नगरी स्वीकार गर्नुहुन्न भन्ने पक्षमा देखिनुहुन्छ । उहाँहरुका सार्वजनिक रुपमा आएका अभिव्यक्तिले त्यही संकेत गर्छ । यस्तो अवस्थामा सचिवालयले कसरी निर्णय गर्छ त्यो अहिल्यै भन्न सकिदैन’, नेकपा सचिवालयका एक सदस्यले रातोपाटीसँग भने, ‘स्थायी कमिटीले सचिवालयलाई निर्णय गर्न दिएको १५ दिन बितिसक्यो, तर सचिवालयमा यसबारे कसरी अघि बढ्ने भनेर ठोस छलफल सुरु हुन सकेको छैन ।’

ती सदस्यका अनुसार एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेलमात्रै अग्रपक्तिमा छन् । त्यसबाहेक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ केही न केहीमा रिर्जभेसनमै रहेका छन् । गृहमन्त्री समेत रहेका रामबहादुर थापा भने एमसीसीबारे मुख नखोल्ने नेताहरुमा पर्छन् ।

यहीबेला नेकपाकै नेताको अगुवाइमा एमसीसी खारेज अभियान सुरु भएपछि नेतृत्वलाई एमसीसी गलगाँड जस्तै बन्न पुगेको छ ।

नेकपा नेता नारायण शर्माको अगुवाइमा यो अभियान सुरु भएको हो । एमसीसी सम्झौता घातक, असंलग्न परराष्ट्र नीति विपरित र चीनसँगको मित्रतालाई विथोल्ने गरी आएकाले संसदबाट अनुमोदन गर्न नहुने नेता शर्माको भनाइ छ ।

नेता शर्माले नेपालस्थित अमेरिकी दूतावासले एमसीसी इण्डो प्यासिफिक रणनीतिको अङ्ग भनिसकेको अवस्थामा समेत नेताहरुले जसरी पनि पास हुन्छ भनेर भन्न थालेकाले आफूहरु खारेज गर्नुपर्छ भनेर अभियानमा लागेको बताए ।

शर्माका अनुसार सुरुमा यो सम्झौता अनुमोदन नगर्न नेताहरुलाई सुझाव दिने र त्यसपछि दबावमूलक कार्यक्रम गर्ने तयारी भइरहेको छ । अभियान अन्र्तगत पुस २६ गते एमसीसी सम्झौताबारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने तयारी भएको छ । यो कार्यक्रममा एमसीसीको पक्ष र विपक्ष दुवैतर्फका विज्ञहरुलाई बोलाएर अन्तरक्रिया गर्ने र त्यसको निचोडका आधारमा थप कार्यक्रम सार्वजनिक गरिने नेकपाका केन्द्रीय सदस्य समेत रहेका शर्माले रातोपाटीलाई बताए ।

कमेन्ट

  1. Jan. 29, 2020, 5:45 p.m. guptaman rai
    America ko mcc lagu garnu bhanda ,Nepal ko sampurna bektigat mato lai rastriakaran garau .janmidai kohi jamin ko Malik Ra kohi amako garbhamai sukumbasi nagarik bihin hune system lai samsad Ra sambidhan batai kharej garau .auto land system samsad bat parit garau ahile America le mcc ma dine dollar ko chauguna daollar Nepali batai prapta hunxa ..America belayat china ko jastai system banau tyaha ko dollar ma ryal chuhaunu pardaina ,bikasit rastra ko kunai Pani bekti mato ko Malik hudain rastra nai mjamin ko Malik hunxa .,Nepali haru xa tar system le Nepal xaina dainik upabhog garne khaddhya padartha bhayako chha ..yo kuro America lai thaha vayarai mcc lagu gari kinnu khojiako ho .bikash haina ...
  2.  0 Reply
  3. Jan. 29, 2020, 11:37 a.m. प्रकाशमान शिल्पकार
    ☹️ सन्दर्भ एमसीसी नेपालका लागि हितकर छ कि घातक छ ? सवै दलले एमसीसी पास गाउन मरिहत्ते गर्दै छन् तर स्वतन्त्र जनता एमसीसी देशको लागि घातक भन्दैछन् । संसदबाटै एेन सरह पास गराउनु पर्ने त्यो एमसीसी के हो तः ? सर्वसाधारण जनता बुझ्न चाहन्छन् । त्यसैले एमसीसी सम्झौता पत्रको नेपालीमा अनुवादित हुबहु छाया कपि राष्ट्रिस्तरको पत्रपत्रिकामा नेपाल सरकारले प्रकाशित गराउनु पर्यो ताकि सर्वसाधारण जनताले पढ्न र बुझ्न मौका पाउन ।
  4.  0 Reply
  5. Jan. 27, 2020, 9:31 p.m. prithivi nembang
    इतिहासमा ठूलो घातक हुने छ एमसीसी इराक अफगानिस्तानमा सुदान कङ्गो लगयतका दर्जन बढी देशको हालत हेर मुर्ख नपढेको नेता हो एमसीसी खारेजी गर चाहिदैन अमेरिका बिस्तारबाद
  6.  0 Reply
  7. Jan. 21, 2020, 10:43 p.m. प्रदीप वाग्ले
    अमेरिकी राजदुतावासले समेत MCC इण्डडोप्यासिक को अङ्ग हो भनेर भनिसकेको अवस्था रहेकोले यो नेपालको लागि दीर्घकालमा धातक हुन जाने पो होकि भन्ने चिन्ता र चासो आम जनमानसमा रहेको छ । अमेरिकाले इराकबाट आफ्नो सेना हटाउन नमानेको अवस्थामा यसको सम्झौता गर्नु नेपाल र नेपाली को हित विपरीत छ। यसमा सबै सजग हुन जरुरी छ।
  8.  0 Reply
  9. Jan. 12, 2020, 6:38 a.m. Nabin budha
    अहिले इराकको संसदले अमेरिकन सेनालाई “आफ्नो देश फिर्ता जाऊ” भन्दा अमेरिकाले “हामीले यहाँ धेरै ठुलो लगानी गरेका छौँ त्यसकारण छोड्दैनौ, यदि छोड्ने हो भने सबै पैसा तिर” भनेर थर्कायो । हेर गोरु हो, भोलि MCC को नाममा अमेरिकन दुष्टलाई नेपाल भित्राइस भने इराककै स्थिति हुनेछ । तँ पिण्ड खाने बेला भएको रोगि बृद्ध बिदेशीको घोंडाहरु त मरेर जालास्, तेरो साखा-सन्तान पनि अमेरिका, युरोप, अस्ट्रेलिया मै होलान तर आफ्नै पुर्खाको देशमा बस्ने दुखि गरिब जनताको छोराछोरीले दुख पाउनेछन, युद्धको चपेटामा पर्ने छन । इरान र इराकको दशा हेरेर केहि त सिक् मुर्खको जमात !
  10.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X