स्पेनिस सुपर कप : भ्यालेन्सियालाई हराउँदै रियल फाइनलमा

खेलाडीहरुको चोटले ग्रस्त रियल म्याड्रिडले भ्यालेन्सियामाथि जित निकाल्दै स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ ।
एडिन हजार्ड, गेराथ बेल, करिम बेन्जेमा, मार्को असेन्सियो, लुकास भाज्क्वेजजस्ता खेलाडीहरु बिना नै रियल मैदानमा उत्रिएको थियो । साउदी अरेबियामा भएको सेमिफाइनल खेलमा रियल ३–१ गोलअन्तरले विजयी बन्यो ।
खेलमा टोनी क्रुसले कर्नरबाट सिधै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । इस्कोले उत्कृष्ट भलीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा लुका मोड्रिचले अर्को गोल थप्दै रियलको अग्रता फराकिलो बनाए ।
खेलको अन्त्यतिर भ्यालेन्सियाले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले पेनाल्टी पायो । सर्जियो रामोशले डि–एरियाभित्र ह्याण्डबल गरेपछि भ्यालेन्सियालाई पेनाल्टी दिइएको थियो जसलाई ड्यानीयल परेहोले सजिलै गोलमा परिणत गरे ।
अर्को सेमिफाइनल खेलमा बिहीबार बार्सिलोनाले एथ्लेटिको म्याड्रिडको सामना गर्नेछ । दुईबीचको विजेताले आइतबार रियलको सामना गर्नेछ ।
प्रतियोगिताको फर्म्याट यो सिजनदेखि परिवर्तन गरिएको हो । यसअघि कोपा डेल रे र ला लिगाको विजेताले यो उपाधिका लागि भिड्ने गरेकोमा यो सिजनदेखि दुई प्रतियोगिताको शीर्ष दुई टोलीले यो प्रतियोगिता खेल्न थालेका हुन् ।
गत सिजन रियल लिगमा तेस्रो स्थानमा सिमित भए पनि बार्सिलोनाले लिग जित्नुका साथै कोपा डेल रेमा उपविजेता बनेकाले रियलले प्रतियोगिता खेल्ने अवसर पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो