दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुखका उम्मेदवार

संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन ।
यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बारम्बार भएको छलफल सार्थक बन्न नसकेको हो ।
सहमति जुटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ छलफल भए पनि आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको बुझिएको छ ।
सभामुखका लागि प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र प्रचण्डले अग्नी सापकोटाको पक्षमा अडान लिँदै आएका छन् । यता उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सभामुख बनाउने सुनिश्चितता नगरेसम्म उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छिन् ।
नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा संसद्को बैठक पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह
-
हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन: प्रचण्ड
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त
-
देश सुशासनको बाटोमा अघि बढ्यो, राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन – प्रधानमन्त्री ओली
-
नेपाल नेशनल अस्पताललाई महानगरले तिरायो १ लाख जरिवाना