‘अब सबै मुस्लिम देशहरू एकजुट हुने समय आइसकेको छ’
बुधबार, २३ पुस २०७६, २३ : ५५

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले मुस्लिम देशहरुलाई एक हुन आह्वान गरेका छन् । अमेरिकाले ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि अब मुस्लिम देशहरू एकताबद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री महाथिरले बताए ।
महाथिर मोहम्मद विश्वका सबैभन्दा बुढा प्रधानमन्त्री समेत हुन् । उनको उमेर अहिले ९४ वर्ष भएको छ । महाथिरले भने, ‘अब सबै मुस्लिम देशहरू एकजुट हुने समय आइसकेको छ ।’ बीबीसीका अनुसार उनले इस्लामिक देशहरूप्रति निशाना दाब्न सुरु भैसकेको दाबी गर्दै असुरक्षा समेत बढ्दै गएको बताएका छन् ।
इरानमा प्रतिबन्ध लगाए पनि मलेसियाको राम्रो सम्बन्ध छ । मलेसियामा अनुमानित १० हजार ईरानी नागरिकहरू बसोबास गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म