बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘अब सबै मुस्लिम देशहरू एकजुट हुने समय आइसकेको छ’

बुधबार, २३ पुस २०७६, २३ : ५५
बुधबार, २३ पुस २०७६

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले मुस्लिम देशहरुलाई एक हुन आह्वान गरेका छन् ।  अमेरिकाले ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि अब मुस्लिम देशहरू एकताबद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री महाथिरले बताए ।

महाथिर मोहम्मद विश्वका सबैभन्दा बुढा प्रधानमन्त्री समेत हुन् । उनको उमेर अहिले ९४ वर्ष भएको छ । महाथिरले भने, ‘अब सबै मुस्लिम देशहरू एकजुट हुने समय आइसकेको छ ।’ बीबीसीका अनुसार उनले इस्लामिक देशहरूप्रति निशाना दाब्न सुरु भैसकेको दाबी गर्दै  असुरक्षा समेत बढ्दै गएको बताएका छन् ।

इरानमा प्रतिबन्ध लगाए पनि मलेसियाको राम्रो सम्बन्ध छ । मलेसियामा अनुमानित १० हजार ईरानी नागरिकहरू बसोबास गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप