अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको केही घण्टापछि बुधबार साँझ ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले इरानको मिसाइल आक्रमणबाट कोही अमेरिकी हताहत नभएको समेत उनले स्पट पारे ।
ट्रम्पले भने, इरानको मिसाइल आक्रमणबाट कुनै ठुलो क्षति भएको छैन, सेनालाई सलाम छ ।’ राष्ट्रपति ट्रम्पले आफुहरुसँग अत्याधुनिक हतियार भए पनि त्यसलाई अहिले प्रयोग गर्न नचाहेको बताए । उनले भने, हामीसँग अत्याधुनिक हतियारहरु छन्, तर हामी त्यसलाई प्रयोग गर्न चाहादैनौ ।’
उनले आफ्ना सैनिकहरु सुरक्षित रहेको समेत दाबी गरे । ट्रम्पले इराकमा अमेरिकी सेनाहरू बस्ने हवाई अड्डाहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि इरान अमेरिकाभन्दा निकै तल उभिरहेको देखिएको भन्दै ब्यंग्य गरे । बुधबार इरानले इराकका इरबिल र अल असद सैनिक आधार शिविरहरूमा मिसाइल आक्रमण गरेको थियो ।
केही दिनअघि मात्र इरानका सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु भएको थियो । सुलेमानीको मृत्यलगत्तै ती दुई देशबीच थप तनाव बढिरहेको छ ।
ट्रम्पका सम्बोधनका महत्वपूर्ण हाइलाइट्सः –
आक्रमणमा कुनै अमेरिकीको मृत्यु भएको छैन ।
–अमेरिका जवाफी युद्धका लागि तयारी अवस्थामा रहेपनि इरान पछि हटेकाले युद्धको अवस्था छैन
–इरानमाथि थप आर्थिक नाकाबन्दी लगाइने छ।
जसका लागि राष्ट्रसंघमा छिट्टै प्रस्ताव लगिनेछ ।
–इरानले आणविक कार्यक्रम तत्काल अन्त्य गर्नुपर्छ ।
–कासिम सोलेमानी विश्वका प्रमुख आतंककारी हुन्। उनी पहिल्यै मारिनुपथ्र्यो ।
–हामी अहिले तेलको नम्बर वान उत्पादक हौँ । हामीलाई मध्यपूर्वको तेल चाहिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?