शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार कुट्नेहरुलाई कारबाही गर्न ५ दिने अल्टिमेटम,  यस्तो छ घटनाको कारण

बुधबार, २३ पुस २०७६, २१ : ४९
बुधबार, २३ पुस २०७६

जनकपुर । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहको निर्देशनमा मंगलबार पत्रकारहरुमाथि भएको दुव्र्यवहारसहित कुटपिट घटनाका दोषीलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ धनुषाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ।

बुधबार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझउँदै ५ दिनको अल्टिमेटमसहित प्रमुख जिल्ला अधिकारी प्रदीप कणेल मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।

पत्रकारहरुमाथि आक्रमण, हुलहुज्जत र उपकरण लुट्नेहरुलाई कानुन बमोजिम कारबाही, घाइते पत्रकारहरुको उपचार खर्च तथा उपकरणमा भएको क्षतिपुर्ति असुल गर्नुपर्ने, जानकी मन्दिरको फुलबारी अतिक्रणमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने र प्रत्येक स्थानीय तहमा सूचना अधिकारी नियुक्त गरी सहज तरिकाले सूचना पाउनुपर्ने लगायतको ४ सुत्रिय माग महासंघले गरेको छ ।

५ दिनभित्र माग पुरा नभए चरणवद्ध आन्दोलनमा उत्रिन पत्रकार महासंघ बाध्य हुने सो ज्ञापनपत्र मार्फत चेतावनी दिएको छ ।

जनकपुरधाम उप–महानगरपालिकामा विश्व सम्पदाको सुचिकृतका लागि अभियान चलिरहेको बेला जानकी मन्दिरको फुलबारी अतिक्रमण सम्बन्धमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि मंगलबार दिउँसो मयेर  साहले कार्यकक्षमै उनकै निर्देशनमा नातेदार, नगर प्रहरी, कर्मचारी, समर्थक र बाउन्सरबाट आक्रमण तथा कुटपिट भएको घटना विषयमा समेत पत्रकाहरुले प्रमुख जिल्ला अधिकारी कणेललाई विस्तृतमा जानकारी गराएका थिए ।

नगरपालिकामा जडान भएको सीसीटीभी फुटेज र पत्रकारहरुसँग सुरक्षित रहेको भिडियोबाट दोषीहरुको पहिचान गरी तत्कालै पक्राउ गरेर कारबाही गर्न पत्रकारहरुले माग गरेका छन् । 

साथै मेयर साहले आफ्नो बचाउको लागि नगरपालिकाले केही महिलामाथि पत्रकारहरुले कुटपीट गरेको आरोप लगाउँदै उता जनकपुरधाम उपमहानगरपालिकामा करारमा कार्यरत्त कर्मचारीहरुले समेत आन्दोलन गर्दै छानविन गरी दोषी पत्रकारलाई कारवाहीको माग गरेका छन् । 

बुधबार मेयर साहको कार्यकक्षमा कुटपिटमा पत्रकारहरु अमरकान्त ठाकुर, राजा झा, सुभाष कर्ण र सुमति मिश्रलगायत घाइते भएका छन् भने नगर प्रमुख साहका कार्र्य कर्ता र नगर प्रहरीहरुले पत्रकार सुमित मिश्रलाई कुटपिट गर्दै उनको क्यामरा, सोमा लाग्ने लेन्स र मोबाइल लुटपाट गरेको छ ।

यता प्रमुख जिल्ला अधिकारी कणेलले घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

उपमहानगरपालिका महिलाहरुले दोषी पत्रकारहरुलाई कारवाहीको माग गर्दै विहानैदेखि उप–महानगरपालिका कार्यालय परिसरमा धर्ना दिएका थिए । उनीरुले जनकपुर नगर प्रदर्शन गर्दै प्रशासनलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।

यता जनकपुरधाम उपमहानगरपालिकाले पत्रकारलाई अपराधिक करार गरी न्यायिक छानविन समिति मार्फत केही पत्रकारको नाम किटना गरी कारवाही गर्न माग गरेका छन् ।

यस्तो छ पत्रकारमाथि जाई लाग्नुको कारण

जानकी मन्दिर फुलबारीको भित्ता करिब ५ फिटसम्म अतिक्रमण गरी व्यवसायीहरुसँग ८५ लाख रुपैयाँ नगद लिएको आरोप मेयर साहमाथि उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र साह लगायतकाले आरोप लगाउँदै आइरहेका छन् । 

जानकी मन्दिरको फुलबारी सहित भित्ता अतिक्रमण गरेको भन्दै जनकपुर नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई नाप नक्सा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । 

सोही अनुसार प्रदेश नम्बर २ को सरकारले जिल्ला प्रशासन कार्यलय धनुषाले जनकपुरधाम उपमहानगरलाई समेत पत्र काट््दै मन्दिरको भित्ता तोडिएको र जग्गा अतिक्रमण गरेको प्रारम्भिक ठहर गरेको थियो । 

तर मेयर साहले भने जग्गा अतिक्रमणको विषयलाई ढाकछोप गर्दै पत्रकार तथा मिडिया हाउसलाई आफ्नो तर्फ तान्नका लागि विज्ञापन तथा नगद रुपैयाँ समेत वितरण गरेको पत्रकारहरुको आरोप छ ।

सोही जानकी मन्दिरको जग्गा अतिक्रमणको विषयलाई लिएर पत्रकारहरुले मेयर साहमाथि लागेको आरोपको प्रतिक्रिया लिन जनकपुरधाम उपमहानगरमा उनीसँग समय लिएर गएका थिए ।

एडिबी परियोजना अनुसार सडक विस्तारको क्रममा जानकी मन्दिर वरिपरिको घरहरु समेत तोड्नुपर्ने भएकाले साहले व्यवसायीहरुँंग ८५ लाख रुपैया लिएको आरोप उनीमाथि लाग्दै आइरहेको छ ।

तर साहले प्रतिक्रिया दिनुको साटो पत्रकारलाई मिडियाले आतंक फैलाएको आरोप लगाएका छन् । त्यस्तै नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको जग्गा अतिक्रमण गर्ने र गराउनेलाई प्राचिन स्मारक ऐन अन्तर्गत कारवाहीको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप