शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऋण आतंक मच्चाउने राजपा नेता फन्दामा, के भन्छन् पीडित ? (भिडियो रिपोर्ट)

बुधबार, २३ पुस २०७६, १९ : ११
बुधबार, २३ पुस २०७६

काठमाडौँ । सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन् ।

 ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप पीडितहरुले लगाएका छन् । 

फिर्ता नगर्ने राय र रौनियारका सावाँ ब्याजसहित पैसा चुक्ता गर्दा समेत घरजग्गा फिर्ता नदिने गरेको पीडितको भनाइ छ । 

यसैबीच राजपाका केन्द्रीय सदस्य समेत रहेका रामबाबु राय यादवलाई भने प्रहरीले पक्राउ गरेको छ । 

यसबारे एक भिडियो रिपोर्ट हेर्नुहोस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप