बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

उद्यमीका लागि खुसीको खवर, अब आफ्नो ब्राण्डको चर्चा कथामार्फत

बुधबार, २३ पुस २०७६, १९ : १०
बुधबार, २३ पुस २०७६

काठमाडौं– उद्यमी व्यवसायीका लागि आफ्नो ब्राण्डको प्रचार गर्न मंच मिल्ने भएको छ । अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडियाले ब्राण्डको प्रचार प्रसारका लागि ‘ब्राण्ड स्टोरी’ नामक कार्यक्रमको सुरुवात गरेको छ ।

ब्राण्ड स्टोरी कार्यक्रमको आज संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेका छन् । 

ब्राण्डिङको क्षेत्रमा एउटा नयाँ शो ब्राण्ड स्टोरी नाम दिइएको यस शो मा कुनै पनि नेपाली ब्राण्डहरूको समग्र जीवन कथा भनिने आयोजकले जनाकारी दिएका छन् । ब्राण्ड कम्पनी, कुनै कम्पनीको उत्पादन वा सेवा हुन सक्ने भएकाले आफ्नो कथा यस कार्यक्रममार्फत सुनाउन पाउने छ ।

कार्यक्रममा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन् । ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के कस्ता उतारचढावहरू आए, कसरी त्यसको ब्राण्डिङ गरियोलगायतको उत्तर त्यस कथामा हुने शोको परिकल्पनाकार मुना श्रेष्ठले बताइन् ।

विज्ञापन क्षेत्रमा सक्रिय श्रेष्ठले नेपाली उत्पादनलाई विश्वबजारमा पुर्‍याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन यो शो अत्यन्त आवश्यक रहेको बताइन्। कम्पनी र उत्पादनहरूको खासै ब्राण्डिङ नहुने भएकाले अब नेपाली ब्राण्डको पनि ब्राण्डिङ हुन आवश्यक रहेको उनले बताइन् ।

नेपाली एड गुरू अभय पाण्डेले नेपालमै पहिलो पटक ब्राण्ड स्टोरी शोको सुरूवात ब्रेकएनलिङ्सले गर्न लागेकोमा खुशी व्यक्त गरे । पाण्डेले मानिसको कथाजस्तै हरेक ब्राण्डको पनि आफ्नो कथा हुने र ‘द ब्राण्ड स्टोरी’ले नयाँअवधारणासँगै नयाँ सिर्जना गरेको बताए ।

प्रा.डा. कुन्दनदत्त कोइरालाले नेपाललाई नयाँ युनिक सेलिङ पोइन्ट दिएर ब्राण्डिङ् गर्न जरूरी रहेको औल्याए। नेपाललाई सगरमाथाको देश, वुद्धको देश, वीर गोर्खाको देश भन्नु नेपालको परम्परागत ब्राण्डिङ गर्ने प्रयास हो। अब नेपाललाई नयाँ युनिक सेलिङ पोइन्ट दिएर ब्राण्डिङ् गर्न जरूरी रहेको उनले बताए ।

कार्यक्रममा सहभागीहरुले नेपालमा राष्ट्रिय स्तरका मात्र हैन, अन्तर्राष्ट्रिय स्तरका पनि थुप्रै ब्राण्ड भएको बताए । वाइवाइ, एनसेल, एनटीसी, सीजी, पञ्चकन्या आदि नेपालका स्थापित ब्राण्ड भएकाले यस्ता ब्राण्डलाई विश्व स्तरमा पुर्याउन आवश्यक छ । त्यसैले अब नेपाली उद्यमीले पनि ब्राण्डमा लगानी गर्ने बेला भइसकेको सहभागिहरुको भनाई थियो । 

नेपाली उद्यमी व्यवसायीहरूसँग उम्दा ब्राण्ड भएको रत्यसको प्रचास प्रसार जरुरी छ । ब्राण्डको प्रचारका लागि बोल्ने मंच मिलेकाले नेपाली उद्यमी व्यवसायीले यसको उपयोग गर्ने अपेक्षा आयोजकको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप