बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अख्तियारद्वारा एकैदिन सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

बुधबार, २३ पुस २०७६, १८ : ०३
बुधबार, २३ पुस २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । 

आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव  नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री उनका सहयोगीद्वय टङ्कप्रसाद चौलागाईं र गङ्गाराज शाही तथा स्याङ्जा वालिङ नगरपालिका–८ का चौपाया व्यापारी जहरुदिन तेलीविरुद्ध उक्त अदालतमा मुद्दा दायर गरेको हो । 

तत्कालीन वडा सचिव मिश्रलाई रु दुई लाख सेवाग्राहीसँग घुस लिएको प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन रु १५ हजार असुलेको, खत्री, चौलागाईं र शाहीले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भङ्ग गरेका तथा तेलीले गोरु व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घुसबापत रु १५ हजार उपलब्ध गराएकाले घुसबापत दिए÷लिएको बिगो रकम जफत हुनुपर्ने मागदाबीसहित आरोपपत्र दायर आयोले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप