२४ वर्षदेखि फरार अभियुक्तसहित ५ जना पक्राउ

रौतहट । बारा प्रहरीले चोरी मुद्धामा दोषी ठहर भई २४ वर्षदेखि फरार १ जनासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका ९ का काली मुखियाका छोरा वर्ष ४४ का रामबाबुु भन्ने विक्रम मुखिया रहेको प्रहरीले जनाएको छ ।
चोरी सम्बन्धी मुद्धामा बारा जिल्ला अदालतले २०५४ जेष्ठ ३० गते मुखियालाई दोषीठहर गर्दै एक वर्ष ७ महिना कैद सजायको फैसला सुुनाएको थियो । फैसलालगत्तै उनी फरार रहेका थिए ।
त्यसैगरी लुटपाट मुद्धामा फरार रहेका कलैया उपमहानगरपालिका १२ का जवाहिर प्रसाद केशरी, जुुवा मुद्धाका कोल्हवी नपा ८ का केदारनाथ बोगटी, जालसाजी मुद्धाका गढीमाई नपा १० का हृदयनारायण साह र अवैध भारतीय औषधीसहित कलैया १० का जितेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहारको आदापुरबाट ना २९ प ८१९२ नम्बरको मोटरसाईकलमा अवैधरुपमा औषधी ल्याइरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा जितेन्द्र साहलाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
पक्राउ फरार चारै जनालाई जिल्ला अदालत बाराको निर्देशनमा कैद भुक्तानको लागी वीरगञ्ज कारागार पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए