मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पुलिस र च्यासल बराबरीमा रोकिए

बुधबार, २३ पुस २०७६, १७ : ३७
बुधबार, २३ पुस २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा पुलिसका लागि निरकुमार राई र सुमन लामाले गोल गरे । च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले गरे । खेलमा पुलिसले पाँचौं मिनेटमा निरकुमारको गोलमा सुरुवाती अग्रता लिएको थियो । सुमनले ४०औं मिनेटमा गोल गरेका थिए । यसैगरी सन्तोषले साहुखलले १८औं मिनेटमा गोल गर्दै च्यासललाई खेलमा फर्काए ।

यससँगै सन्तोषले ‘ए’ डिभिजन लिगमा १०० गोल पूरा गरेका छन् । सन्तोषले ४९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई हारबाट जोगाए । लिगमा उनको कूल १०१ गोल पुगेको छ । 

च्यासलका कप्तान समेत रहेका सन्तोषले यस लिगमा पाँच खेलबाट पाँच नै गोल गरेका छन् । म्यान अफ दी म्याच समेत भएका सन्तोषले १० हजार रुपैयाँ पुरस्कार पनि पाए । यस बराबरीसँगै पुलिसले पाँच खेलबाट आठ अंक बनाएको छ । पुलिस छैटौं स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको च्यासल नवौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप