शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२० करोड घुस मागेको प्रमाणित गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको चुनौती

बुधबार, २३ पुस २०७६, १७ : ३१
बुधबार, २३ पुस २०७६

काठमाडौँ। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालकसँग घुस मागेको भनेर आएका समाचार मिथ्या भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । 

बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गरी केलजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए । प्रसाईंले पत्रकार सम्मेलन गरेर लगाएको यो आरोपको केही घण्टाभित्रै उपाध्यक्ष गिरीले आफ्नोतर्फबाट पत्रकार सम्मेलन गरेर प्रसाईसँग घुस मागेको पुष्टि गर्न चुनौती दिएका छन् ।

‘म विरुद्ध लगाइएको आरोप मिथ्या, भ्रामक, कपोकल्पित र निन्दनीय छ’ पत्रकार सम्मेलनमा गिरीले वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा गिरीले आफुविरुद्ध लगाइएको आरोप झुठा भएकाले भ्रममा नपर्न समेत आग्रह गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप