टाटा नेक्सन बन्यो कर्पोरेट क्षेत्रको पहिलो रोजाई
काठमाडौं– टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले नेपाली बजारमा ल्याएको टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको छ ।
टाटा नेक्सन ग्लोबल एनक्याप बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ ।
२०९ एमएम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ ।
हालैमात्र नेपाल एसबीआई बैंक (काठमाडौं) र गोदावरी आइरन स्टोर (हेटौंडा) लाइ टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैंक तथा वित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको छ ।
एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरू डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध छ । साथै नयाँ वर्षको अवसरमा टाटा मोटर्सले ल्याएको नयाँ वर्षमा नयाँ कार योजनाले पनि ग्राहक वर्गमा थप उत्साह बढेको कम्पनिले जानकारी दिएको छ ।
यो योजना अनुसार जनवरी महिनाभरि नै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेञ्जमा एक लाखसम्मको एक्सचेञ्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता