शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा नेक्सन बन्यो कर्पोरेट क्षेत्रको पहिलो रोजाई

बुधबार, २३ पुस २०७६, १६ : ५२
बुधबार, २३ पुस २०७६

काठमाडौं– टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले नेपाली बजारमा ल्याएको टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको छ ।

टाटा नेक्सन ग्लोबल एनक्याप बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । 

२०९ एमएम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । 

हालैमात्र नेपाल एसबीआई बैंक (काठमाडौं) र गोदावरी आइरन स्टोर (हेटौंडा) लाइ टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैंक तथा वित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको छ । 

एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरू डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध छ । साथै नयाँ वर्षको अवसरमा टाटा मोटर्सले ल्याएको नयाँ वर्षमा नयाँ कार योजनाले पनि ग्राहक वर्गमा थप उत्साह बढेको कम्पनिले जानकारी दिएको छ । 

यो योजना अनुसार जनवरी महिनाभरि नै   जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेञ्जमा एक लाखसम्मको एक्सचेञ्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप