बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिगमा सन्तोषको सय गोल पूरा

बुधबार, २३ पुस २०७६, १५ : ५८
बुधबार, २३ पुस २०७६

काठमाडौं । सन्तोष साहुखलले सहित स्मारक ए डिभिजन लिगमा सय गोल पूरा गरेका छन् । सन्तोष लिगमा सय गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । ३४ वर्षीय सन्तोषले बुधबार दशरथ रंगशालामा नेपाल पुलिस विरुद्ध गोल गर्दै सय गोल पूरा गरेका हुन् । उनले १८ औं मिनेटमा गोल गरेका थिए । जारी सिजन च्यासलबाट खेलेका सन्तोषले सुरुवाती दुुई खेलमा तीन गोल गर्दै ९९ गोल पुर्याएका थिए ।

त्यसपछिका दुई खेलमा गोल गर्न नसक्दा निराश देखिएका सन्तोषले पाँचौं खेलमा आएर गोल गरेका हुन् । यससँगै यस सिजन उनले पाँच खेलबाट चार गोल गरेका छन् । जापानमा बस्दै आएका सन्तोषलाई लिगमा सय गोल पुर्याउन पाँच बर्षनै पर्खनुपर्यो । भूकम्पका कारण दशरथ रंगशाला जिण बन्नु र अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग फुटबल सञ्चालन नगर्दा सन्तोष ९६ गोलमा अड्किएका थिए ।

उनले गतबर्षको लिगमा च्यासलबाटै केही खेल खेलेर जापान फर्किएका थिए । सन्तोषले २०६० सालमा संकटाविरुद्ध थ्रीस्टारबाट खेल्दै लिगमा डेब्यु गरेका थिए । सन्तोषले घरेलु लिगमा थ्रीस्टार, एपीएफ, मनाङ र च्यासल क्लबबाट लिग खेलेका छन् । यसपटक उनी च्यासलको कप्तान हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप