मुख्यमन्त्री पौडेल असफल भए, राजधानी काभ्रे हुनुपर्छ : काँग्रेस सांसद
हेटौडा । प्रदेश ३ को स्थानीय राजधानीबारे प्रदेश सभामा सुरु भएको प्रस्तावमाथिको छलफलमा काँग्रेस सांसद नरोत्तम वैद्य प्रतिवेदन नै गोलमटोल रहेको बताएका छन् । उनले यो प्रतिवेदन हो कि होइन ? भन्दै विरोध गरेका छन् ।
त्यस्तै उनले काभ्रे भक्तपुर, नुवाकोट जहाँ राखेपनि हुन्छ भनेर प्रतिवेदनले अन्यौल थपेको बताए ।
‘यसका आधारमा निर्णय हुन सक्दैन । हामीले कार्यदल किटानी गर्न बनाएको हो । हचुवा प्रतिवेदन आएको छ । ७ लाख रुपैयाँ खर्च मात्रै गरिएको छ । प्रतिवेदनको गुह्य हेर्दा भक्तपुरमा राख्नुपर्छ भनेजस्तो भएपनि भक्तपुरमा संघ सरकारले काम गर्न दिदैनँ,’ छलफलमा भाग लिँदै उनले हरेक हिसावले प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त हुने बताए ।
‘मकवानपुर त अन्तिम विकल्प हो’ वैद्यको भनाइ छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि छलफल गर्दै वैद्यले स्थायी राजधानी तोक्न ढिला गर्नुमा मुख्यमन्त्रीको असफलता भएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण