प्रदेश ३ : प्रदेशसभा बैठकमा भक्तपुरलाई राजधानी तोक्न माग
हेटौंडा । प्रदेश ३ को राजधानी र नामाकरणबारे प्रदेशसभामा छलफल भएको छ ।
बुधबार प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ ।
छलफलको आरम्भमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरलाई राजधानी बनाउनुपर्ने तर्क अघि सारे ।
नेकपा सचिवालय बैठकले प्रदेशको नाम राजधानी र राजधानी हेटौंडा कायम राख्न निर्देशन जारी गरे पनि नेकपा प्रदेशसभा सदस्य थापाले भक्तपुरको सानोठिमीलाई प्रदेश राजधानी बनाउनुपर्ने तर्क गरेका हुन् ।
उनले भक्तपुर प्रदेश ३ का १३ वटै जिल्लाको केन्द्र रहेको दावी गर्दै शिक्षा मन्त्रालयको अधिनमा सानोठिमीमा रहेको करिब दुई सय रोपनी जग्गा र त्यहाँ रहेका शैक्षिक कार्यालयका भवनहरु प्रदेश राजधानीका लागि उपयुक्त हुने बताए । उनले कृषि विकास तालिम केन्द्रको भवनलाई प्रदेशसभा भवन बनाउन सकिने भन्दै हेटौंडालाई राजधानी बनाउन उपयुक्त नहुने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण