चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको बीएण्ड सी मेडिकल कलेजका सञ्चालकको आरोप (भिडियो सहित)
बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटल प्रालि सञ्चालन गर्नका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको सञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ घुस मागेको उनले बताएका हुन् ।
आयोगको उपध्यक्ष पदमा भएपनि आफुले नेता तथा उपल्लो तहका कर्मचारीलाई मोटो रकम बुझाउन पर्ने भन्दै उनले २० करोड रुयैयाँ मागेको सञ्चालक प्रसाईंले बताएका छन । यही पुस १५ गते होटल द्वारिकाजमा भेटर उपाध्यक्ष गिरीले सो रकम माग गरेको उनको भनाइ छ । ‘उपाध्यक्ष गिरीले बी एण्ड सी मेडिकल कलेजको १० प्रतिशत सेयर समेत माग गरेका थिए,’ उनले भने, ‘मेरो ज्वाइँ पनि झापाली हुनुहुन्छ, उहाँलाई १० प्रतिशत सेयर दिनुपर्छ भने ।’
सम्मेलनमा पत्रकारहरुले २० करोड मागेको प्रमाण के छ भनेर प्रश्न गर्दा ‘प्रसाईंले मोवाइलमा एसएमएस समेत लेख्न नसक्नले कसरी रेकर्ड राख्नु ? सँगै फेसटु फेस कुराकानी उहाँसँग गरेपछि थाहा हुन्छ,’ सञ्चालक प्रसाईंले भने ।
यता, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रसाईंको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । त्यसबारे आफूलाई केही पनि थाहा नभएको बताउँदै उनल रातोपाटीलाई भने, ‘जिम्मेवार व्यक्ति हावाको भरमा बोल्न हुँदैन, प्रमाणको आधारका बोल्नुपर्छ ।’ उनले आफूले घुस मागेको प्रमाण पेश गर्न पनि प्रसाइलाईं चुनौती दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन