शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भिजिट मधेश नेपाल–२०२०’  सञ्चालन हुने

बुधबार, २३ पुस २०७६, १३ : १६
बुधबार, २३ पुस २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले  ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो । 

भिजिट मधेश नेपालद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोबाइल एप्प शुरुआत गरिएको छ ।  तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

तराई मधेसका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट  ‘भिजिट मधेस नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘तराई–मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, वेषभूषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप