बलिउड अभिनेता ज्याकी श्राफको शीरमा नेपाली टोपी !

काठमाडौं । बलिउड अभिनेता ज्याकी श्राफको शीरमा नेपाली टोपी देखिएको छ । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्बिरमा ज्याकी श्राफ नेपाली ढाकाटोपीमा सजिएका छन् ।
ज्याकी श्राफ उक्त टोपी अभिनेत्री मनिषा कोइरालाले उपहार दिएकी हुन् । ज्याकी श्राफसँग मनिषाको केही अगाडि भेट भएका थियो । सोही क्रममा उनले टोपी दिएकी हुन् ।
मनिषाले सार्वजनिक गरेको केही तस्बिर मध्य एक तस्बिरमा उनको आमाबुबा समेत ज्याकी श्राफको साथमा देखिएका छन् ।
पाठेघरको क्यान्सरलाई जितेर नयाँ जीवन बिताइरहेकी मनिषाले तस्विरका साथ ज्याकीसँग एकसाथ केही समय बिताउन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
ज्याकी र मनिषाले एकसाथ सौदागर’, ‘मिलन’, ‘१९४२ अ लभ स्टोरी’, ‘दुष्मनी’, ‘अग्नीसाक्षी’, ‘लावारिस’, ‘युगपुरुष’लगायत थुप्रै चलचित्र एकसाथ अभिनय गरेका छन् ।
क्यान्सरबाट मुक्त भएपछि मनिषा पछिल्लो समय सन्जय दत्तको फिल्म ‘प्रस्थानम’मा देखिएकी थिइन् । जसमा ज्याकी श्राफ पनि कलाकारको रुपमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवपुरीको जंगलमा डढेलो, तस्बिरहरू
-
जनप्रदर्शनलाई अवरोध गर्ने मूर्खतापूर्ण काम नगर्न मोर्चाको चेतावनी
-
ललितपुरको इमाडोलमा शव फेला
-
कांग्रेस स्थानीय तहका प्रमुख/उपप्रमुखको एकै स्वरः शिक्षा विधेयक चालु अधिवेशनबाटै ल्याउनुपर्छ
-
आन्दोलन फिर्ता लिन शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह
-
फेरि बढाइयो सिमेन्टको मूल्य