शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य फेरि बढ्यो, तोलामा ७६ हजार ५०० पुग्यो

बुधबार, २३ पुस २०७६, १२ : ०२
बुधबार, २३ पुस २०७६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ । केही दिनयता लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य बुधबार ७६ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । 

मंगलबार सुनको मूल्य ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको  थियो । यस्तै तेजावी सुन ७६ हजार २०० मा कारोबार भएको छ।  

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार रु २० बढेर तोलामा ९२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप