इरानको मिसाइल आक्रमणपछि ट्रम्पले भने ‘अल इज वेल’
एजेन्सी । इरानले इराकस्थित अमेरिकी सैन्य हवाई आधारमा मिसाइल आक्रमण गरेपछि ट्रम्पको पहिलो बयान आएको छ । जुन तुलनात्मक रुपमा सकारात्मक देखिन्छ ।
अमेरिकी राष्ट्रपतिले इरानको आक्रमणपछिको अवस्थामा चिन्ताजनक नरहेको ट्वीट गरेका छन् ।
ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘सबै ठीक छ । इराकस्थित दुई अमेरिकी सैन्य आधारमा इरानबाट मिसाइल प्रहार भयो । अहिले हताहती र क्षतिको मूल्याङ्कन भइरहेको छ । हालसम्मको अवस्था ठीक देखिन्छ ।’
त्यसपछि ट्रम्पले आफ्नो सेनाको महिमागान गरेका छन् । सोही ट्वीटमा उनले अगाडि लेखेका छन्, ‘हामीसँग विश्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधनयुक्त सेना छ । म भोलि विहान एक वक्तव्य निकाल्नेछु । ’
यसअघि ह्वाइट हाउसले इरानको आक्रमणपछि विकसित घटनाक्रममा ट्रम्पले नजिकबाट निगरानी गरिरहेको बताएका थियो ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफनी ग्रिशमले ट्वीटमा लेखेकी थिइन्, ‘हामी इराकस्थित अमेरिकी संयन्त्रमाथि भएको आक्रमणको खबरबारे राम्ररी अवगत छौं । राष्ट्रपतिले आक्रणको जानकारी पाएपछि राष्ट्रिय सुरक्षा समूहसँग स्थितिबारे सल्लाह लिइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण