इरानको मिसाइल आक्रमण लगतै विश्व बजारमा तेलको मूल्य बढ्यो
एजेन्सी । इरानले इराकस्थित हवाई आधारमा दजनौं मिसाइल आक्रमण गरेपछि मङ्गलबार तेलको मूल्यमा ह्वात्तै वृद्धि भएको छ ।
अघिल्लो हप्ता अमेरिकी ड्रोन आक्रमणमा शीर्ष इरानी कमाण्डरको मृत्युको बदलामा इरानले मिसाइल आक्रमण गरेका हो । इरानको आक्रमणपछि अमेरिका र इरानबीच युद्ध भड्किने चिन्तामाझ तेलको मूल्य बढेको हुन सक्छ ।
अमेरिकी कच्चा तेल मङ्गलबार ४ प्रतिशले बढेर ६५ डलर पुगेको छ । आक्रमणअघि प्रति व्यारेल ६२.७० डलर मुल्य रहेको कच्चा तेलको मुल्य बढेर ६५.४८ पुगेको छ ।
उलेख्नीय कुरा मंगलबारको मिसाइल आक्रमणको जिम्मा इरान आफैले लिएको छ । यस अघिका मिसाइल आक्रमणको जिम्मेबारी इरान पक्षधर मिलिसिया समूहले लिने गर्थे ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आक्रमणको पुष्टि गर्दै आक्रमणमा ब्यालेष्टिक मिसाइल प्रयोग गरिएको र ती इराकभित्रैबाट प्रहार गरिएको जानकारी दिएको छ ।
आक्रमणमा परेका दुईमध्ये एक हवाई आधारमा विगतमा डोनाल्ड ट्रम्पले भ्रमण गरेका थिए ।
पेन्टागनले हाल आफूहरुले आक्रमणले पुर्याएको क्षतिको मूल्याकंन गरिरहेको बताएको छ । मुल्यांकनपछि अमेरिकी कर्मचारी र त्यस क्षेत्रका सम्पूर्ण मित्रहरुको ‘प्रतिरक्षा र सुरक्षाको लागि सम्पूर्ण अत्यावश्यक कदम उठाउने’ पेन्टागनले बताएको छ ।
यसअघि ट्रम्पले सुलेमानीको हत्याको बदलामा इरानले आक्रमण गरेमा इरानमाथि जवाफी प्रहार गर्ने वाचा गरेका थिए ।
इरान र अमेरिकाको युद्ध भएमा मध्य–पूर्वको तेल आपूर्तिमा नराम्रो धक्का लाग्ने भएकाले लगानीकर्ता उच्च सतर्क अवस्थामा छन् ।
तेलको मुल्यमा अचानकको वृद्धि विश्व अर्थतन्त्रलाई नै असर गर्नेछ । पछिल्लो समय कमजोर उत्पादन गतिविधिका कारण संघर्षरत विश्व अर्थतन्त्रको लागि यो राम्रो संकेत होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा टी १० क्रिकेट प्रतियोगिताको तयारीमा माया इभेन्ट्स
-
नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको कर्णाली प्रदेश अध्यक्षमा रत्न प्रसाद जैसी
-
छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै
-
यो वर्ष हज यात्रीका लागि साउदी अरेबियाको कडा नियम
-
दोदा नदीमा डुबेर दुई जनाको मृत्यु
-
अन्तर्राष्ट्रिय व्यापारमा २९ भन्सार नाका प्रयोगमा, कुनबाट कति हुन्छ आयात–निर्यात ?