मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

यसपटक कसले कब्जा गर्ला नयाँ दिल्ली ?

मङ्गलबार, २२ पुस २०७६, २३ : ५८
मङ्गलबार, २२ पुस २०७६

एजेन्सी । दिल्ली विधानसभाको चुनाव ८ फेब्रुअरीमा हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त सुनील अरोडाले विधानसभा चुनावको घोषणा गरेका छन् । अरोडाका अनुसार १४ जनवरीमा निर्वाचन अधिसूचना जारी गरिनेछ । निर्वाचनको मिति घोषणासँगै दिल्लीमा निर्वाचन आचारसंहिता लागू भएको छ । सन् २०१३ पछि दिल्लीमा दोस्रोपटक विधानसभा चुनाव भइरहेको छ।  

पछिल्ला ६ वर्षमा यहाँ ५ वटा चुनाव भैसकेका छन् । त्यो बीचमा २ लोकसभा, २ विधानसभा र नगर निगमको चुनाव भएका हुन् । यी निर्वाचनको नतिजाको विश्लेषणले के देखाउँदछ भने आम आदमी पार्टी (आप) विधानसभा चुनाव र भाजपा लोकसभा चुनावमा बलियो देखिएका छन् ।

सन् २०१५ को हारपछि काँग्रेस अहिले दिल्लीमा उदाउँदो क्रममा रहेको छ। सन् २०१४ को लोकसभा चुनावमा काँग्रेसको मत प्रतिशत १५.१, २०१७ को नगरपालिका चुनावमा २१.०९ र २०१९ को लोकसभा चुनावमा २२.५ प्रतिशत मत काँग्रेसको आएको देखिन्छ । यसबाट प्रस्ट हुन्छ कि काँग्रेस दिल्लीमा उदाउँदो क्रममा रहेको छ । 

अहिले दिल्लीमा आम आदमी पार्टीको सरकार छ। जसको नेतृत्व अरविन्द केजरीवालले गरिरहेका छन् । २२ फेब्रुअरी अघि दिल्लीमा नयाँ सरकार गठन हुनेछ । यसपटक पनि दिल्लीमा मुख्य प्रतिस्पर्धा तीन पार्टीहरूबीच हुँदैछ । सत्ताधारी आम आदमी पार्टी, भारतीय जनता पार्टी र काँग्रेस आईबीच दौड सुरु भएको छ । यी  यसपटक दिल्लीमा मतदानका लागि १३ हजार ७ सय ५७ वटा मतदान केन्द्र स्थापना गरिएको छ। आयोगका अनुसार दिल्लीमा एक करोड ४६ लाख मतदाता रहेका छन्। 

निर्वाचनमा जेष्ठ नागरिकका लागि आयोगले विशेष व्यवस्था गरेको छ भने मतदानका लागि आयोगले ९० हजार कर्मचारीलाई रोजगारी दिनेछ । सन् २०१५ को विधानसभा चुनावमा आम आदमी पार्टीले दिल्लीको ७० सीटमध्ये ६७ सीट जित्दै इतिहास बनाएको थियो । त्यसबेला भारतीय जनता पार्टीले तीन सीट मात्र जितेको थियो भने काँग्रेस पराजय भएको थियो । 

यसपटक जनता दल (युनाइटेड) का उपाध्यक्ष प्रशान्त किशोरको टोलीले आम आदमी पार्टीसँग विधानसभा चुनावको लागि एलायन्स गरेको छ ।  दिल्लीमा यसअघि सन् २०१३ र २०१५ मा विधानसभा चुनाव भएको थियो । आमा आदमी पार्टीले पहिलो पटक २०१३ को विधानसभा चुनाव लडेको थियो ।

पहिलो चुनावमा, आम आदमी पार्टील ७० सीटमध्ये २८ सिट जितेको थियो भने २९.४ मत प्राप्त गरेको थियो । उक्त पार्टीको उदयसँगै काँग्रेसलाई घाटा भएको थियो । उसको सीट ४३ बाट घटेर ८ मा पुगेको थियो । मत पनि ४० प्रतिशतबाट घटेर २५ प्रतिशत झरेको थियो । सन् २०१३ मा आम आदमीले काँग्रेसको समर्थनमा सरकार गठन गरेको थियो तर ४९ दिनमै सरकार पतन भएको थियो । त्यस पछि २०१५ को विधानसभा चुनावमा आम आदमी पार्टीको भोट २४ प्रतिशतले बढेर  ३९ सीट सीट पुगेको थियो ।

सन् २०१३ मा भाजपा, काँग्रेस र आम आदमी पार्टीले क्रमसः ३१, ८ र २८ सीट प्राप्त गरेका थिए भने सन् २०१५ मा क्रमसः ३, ० र ६७ सिट प्राप्त गरेका थिए । त्यस्तै सन् २०१४ र २०१९ मा भएको लोकसभा चुनावमा भने भारतीय जनता पार्टी अघि देखिएको छ । सन् २०१४ मा भाजपा, काँग्रेस र आम आदमीले क्रमसः ७, ०,० मत प्राप्त गरेका थिए भने सन् २०१९ मा पनि भाजापले विजय हासिल गरेको थियो ।

२०१९ मा पनि भाजपाका ७ सीट आएको थियो भने काँग्रेस र आम आदमी पराजय भएका थिए । त्यस्तै सन् २०१७ मा भएको नगरपालिका चुनावमा पनि भाजपा निकै अगाडि देखिएको थियो । सो चुनावमा भाजपाले १८१ सिट प्राप्त गरेको थियो भने काँग्रेस र आम आदमीले क्रमसः ३० र ४८ सिट प्राप्त गरेका थिए । चुनावी परिणाम ११ फेब्रुअरीमा सार्वजनिक हुने आयोगले जनाएको छ । नयाँ दिल्लीमा हुने विधानसभा चुनाव र त्यहाँको जित हारले भारतमा मात्र होइन, दक्षिण एसियामै प्रभाव पार्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप