सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य ललनकुमार रायको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
महासमिति सदस्य रायको आज बर्दिवास नजिक बस दुर्घटनामा परी निधन भएको हो । काठमाडौँबाट महोत्तरीतर्फ जाँदै गरेको गङ्गोत्री यातायातको बस ट्रकमा ठोकिँदा दुर्घटना भएको थियो । स्व रायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक कुशल सङ्गठन कर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
महोत्तरीको मनरा सिसुवा नगरपालिका–९ निवासी स्व राय संविधानसभा सदस्य निर्वाचन २०७० मा महोत्तरी निर्वाचन क्षेत्र नं ४ बाट काँग्रेसको उम्मेदवार थिए।
उक्त दुर्घटनामा काँग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेता जयप्रकाश चौधरी समेत गम्भीर घाइते भएको काँगे्रसले जनाएको छ । घाइतेको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा