विश्व साइकल यात्राको बहाना बनाई दक्षिण कोरियामा

काठमाडौं–विश्व साइकल यात्रीका रुपमा विश्व भ्रमण निस्केका एक युवक दक्षिण कोरियामा लुकेर बसिरहेको पाइएको छ । दुई बर्ष अघि कोरिया पुगेको ती युवा गत साता कार्यक्रमहरुमा देखिएपछि तथ्य खुलेको हो ।
विश्वमा शान्तिका लागि प्लेकार्ड सहित दुई बर्ष अघि दक्षिण कोरिया पुगेका दोलखाका दीपक खत्री कोरियामा बसिरहेको भेटिएको हो । बिश्वमा शान्तिको सन्देश फैलाउने र नेपाल चिनाउने अभियान सहित नेपालबाट निस्केका खत्रीले धेरै नेपालीसंग सहयोग जुटाएका थिए ।
गत साता नेपालीहरुले आयोजना गरेको तीज कार्यक्रममा उनी पुनः आर्थिक सहयोग जुटाउँदै हिँडेको भेटेपछि उनको असल नियत खुलेको कोरियामा रहेका नेपाली बताएका छन् ।
दुई बर्ष अघि सोलमा भेटेर आर्थिक तथा अन्य सहयोग गरेका थेजनमा कार्यरत एल बि श्रेष्ठले देशको नाम बेचेर गलत भइरहेके बताए । यात्रीका रुपमा आफूलाई चिनाउने खत्रीले अन्य दुई जनालाई पनिसोहि माध्यमबाट कोरिया पु–याएको कोरियामा खुलेको छ ।
दुई बर्षअघि नेपालीहरुले ब्यक्तिगत तथा संस्थागत तबरबाट खत्रीलाई आर्थिक सहयोग गरेका थिए । नेपाली सम्पर्क समिती दक्षिण कोरियाले गरेको कार्यक्रममा दश लाख वन सहयोग गरिएको धार्दिङका सन्तोष अधिकारीले बताए ।
दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले केहि दिन अघि जापानबाट कोरिया आएका दुई बिश्व यात्रीलाई भेटेको बताउँदै दिपक यात्रीका बारेमा थप बुझ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ