मेगा बैंकद्वारा लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीमा ब्ल्याङ्केट सहयोग

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्याङ्केटको व्यवस्था गरेको हो ।
शितलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत १ सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको बैंकले जनाएको छ ।
लुम्बिनी विकास मञ्चको आयोजनामा ‘न्यानोको अभावमा कोही मर्न नपरोस्, आफ्नो घरमा प्रयोग नभएको कपडा खेर नफालौं’ भन्ने मुल नाराका साथ ‘निःशुल्क न्यानोपन अभियान २०७६’ सञ्चालन भइरहेको जसमा बैंकले गरेको सहयोगबाट यी समुदायमा रहेका करिब १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिका लाभान्विन्त भएका छन् ।
ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरुको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी