बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल निकट जिल्ला सभापतिहरुको भेलाः आए यस्ता सुझाव

मङ्गलबार, २२ पुस २०७६, १९ : २६
मङ्गलबार, २२ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको दोस्रो दिनको भेलामा सभापतिहरुले पार्टीभित्र विकसित भएको परिस्थितिलाई समाधान गरेर अगाडी बढ्न सुझाव दिएका छन् ।

महासमितिले गरेको निर्णय केन्द्रीय समितिले उल्ट्याएको अवस्थामा फेरि केन्द्रीय समितिको बहुमतले नै एकतर्फी रुपमा विधान निलम्बित गर्ने काम गरेकाले समस्या आएको र यसलाई सच्याएर अगाडि बढन सुझाव दिएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले जानकारी दिए । उनले १४ औं महाधिवेशनको कार्यतालिकामा पार्टीभित्र सहमति, सहकार्य र एकता लाईक कायम राखेर ल्याउन नसकेको भन्दै आलोचना समेत गरे । 

पौडेल पक्ष जिल्ला सभापतिहरुको भेला चलिरहेको बेला केन्द्रीय कार्यालय परिसरमै भेटिएका पार्टी सभापति शेरबहादुर पक्षका केही नेताहरुले भने लोकतान्त्रिक विधि र प्रकृयाबाट केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरुको भावनालाई बुझेर असन्तुष्ट नेताहरुलाई सुझाव दिने विश्वास रहेको बताएका छन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको बेमेललाई मेलमा परिणत गराउन र सबै बिषयको समाधान गर्न जिल्ला सभापतिहरुको भूमिका महत्वपूर्ण हुने बताए । त्यस्तै काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली काँग्रेस अधिवेशनतर्फ केन्द्रीत भएर लाग्नुपर्ने र कार्यतालिकामा परिमार्जन गर्न सभापति तयार रहेको बताउँदै यो भेलाले पनि काँग्रेसलाई तितरबितर पार्न भन्दा एकिकृत भएर अगाडि बढ्न सुझाव दिने बताए ।

त्यस्तै अर्का नेता नविन्द्रराज जोशीले पार्टीका जिल्ला सभापतिहरुको परामर्शबाट नेपाली काँग्रेसको महाधिवेशनको सुनिश्चितता कसरी गर्ने भन्ने सुझाव आउने बताए । उनले पार्टी सभापतिले एकतर्फी रुपमा निर्णय गरेको भन्दै सभापतिहरुले आलोचना गरेको बताए । उनले महाधिवेशनको कार्यतालिका परिमार्जन, विभाग गठन लगायतका विषयमा दवाव सिर्जना गर्न र कसरी अगाडी बढ्ने भन्ने रणनीति निर्माणमा सघाउ पुग्ने बताए ।

नेपाली काँग्रेसको पुष ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेशन गर्ने, त्यस्तै विभागहरुको संख्या बढाई ४७ पु¥याउने लगायतका निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिले एकलौटी निर्णय गरेको भन्दै आफुनिकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो । दुई दिनदेखि जारी भेला बुधबार पनि चल्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप