एमसीसी परियोजनाबारे नेपालस्थित अमेरिकी दूतावासको ‘फिलिङ रेडी’ स्टाटस

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको सहयोग रकम लिने कि नलिने भन्नेमा दलका नेताहरुबीच गलफती परिरहेका बेला मंगलबार नेपालस्थित अमेरिकी दूतावासले ‘फिलिङ रेडी’ फेसबुक पोष्ट गरेको छ ।
दूतावासले सो परियोजनाबाट बन्ने विद्युत प्रशारण लाइन र सबस्टेशन निर्माण परियोजनाले छुने १० जिल्लाका ३० स्थानीय तहमा सार्वजनिक सुनुवाई सम्पन्न भएको जनाएको छ । त्यसका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल टिमलाई धन्यवाद समेत दिएको छ ।
दूतावासले फेसबुकमा एमसीसीमार्फत ५०० मिलियन डलर, झन्डै ५५ अर्ब रुपैयाँ र नेपाल सरकारको १३० मिलियन डलर अर्थात झन्डै १५ अर्ब गरी ६३० मिलियन डलरको लागतमा बन्ने परियोजनाहरूमा सहयोग गर्न पाउँदा गौरव महशुस भएको जनाएको छ । दूतावासले ती कार्यक्रमहरू जवाफदेहिता,पारदर्शिता, तथा पारस्परिक समृद्दिको सिद्दान्तहरूमा आधारित हुने पनि बताएको छ ।
दूतावासले जारी गरेको सो पोष्ट मुनी धेरैजसोले धन्यवाद ज्ञापन गरेपनि कतिपय नेपाली फेसबुक प्रयोगकर्ताले आलोचना समेत गरेका छन् । एमसीसी सहयोग परियोजना इन्डोप्यासिफिक रणनीति अन्तर्गत आएको सहयोग भन्दै सत्ताधारी दल नेकपाका नेताहरु नै पक्ष विपक्षमा रहेका छन् । संसदमा पेस गरेर पारित गर्नुपर्ने प्रावधान रहेको सो सहयोग परियोजना आगामी प्रतिनिधिसभामा पेश गर्ने सरकारको योजना छ ।
यस्तो छ एमसीसीबारे नेपालस्थित अमेरिकी दूतावासको फेसबुक पोष्ट:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा