शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमसीसी परियोजनाबारे नेपालस्थित अमेरिकी दूतावासको ‘फिलिङ रेडी’ स्टाटस

मङ्गलबार, २२ पुस २०७६, १७ : १८
मङ्गलबार, २२ पुस २०७६

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको सहयोग रकम लिने कि नलिने भन्नेमा दलका नेताहरुबीच गलफती परिरहेका बेला मंगलबार नेपालस्थित अमेरिकी दूतावासले ‘फिलिङ रेडी’ फेसबुक पोष्ट गरेको छ । 

दूतावासले सो परियोजनाबाट बन्ने विद्युत प्रशारण लाइन र सबस्टेशन निर्माण परियोजनाले छुने १० जिल्लाका ३० स्थानीय तहमा सार्वजनिक सुनुवाई सम्पन्न भएको जनाएको छ । त्यसका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल टिमलाई धन्यवाद समेत दिएको छ । 

दूतावासले फेसबुकमा एमसीसीमार्फत ५०० मिलियन डलर, झन्डै ५५ अर्ब रुपैयाँ र नेपाल सरकारको १३० मिलियन डलर अर्थात झन्डै १५ अर्ब गरी ६३० मिलियन डलरको लागतमा बन्ने परियोजनाहरूमा सहयोग गर्न पाउँदा गौरव महशुस भएको जनाएको छ ।  दूतावासले ती कार्यक्रमहरू जवाफदेहिता,पारदर्शिता, तथा पारस्परिक समृद्दिको सिद्दान्तहरूमा आधारित हुने पनि बताएको छ । 

दूतावासले जारी गरेको सो पोष्ट मुनी धेरैजसोले धन्यवाद ज्ञापन गरेपनि कतिपय नेपाली फेसबुक प्रयोगकर्ताले आलोचना समेत गरेका छन् ।  एमसीसी सहयोग परियोजना इन्डोप्यासिफिक रणनीति अन्तर्गत आएको सहयोग भन्दै सत्ताधारी दल नेकपाका नेताहरु नै पक्ष विपक्षमा रहेका छन् । संसदमा पेस गरेर पारित गर्नुपर्ने प्रावधान रहेको सो सहयोग परियोजना आगामी प्रतिनिधिसभामा पेश गर्ने सरकारको योजना छ । 

यस्तो छ एमसीसीबारे नेपालस्थित अमेरिकी दूतावासको फेसबुक पोष्ट: 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप