१६ देखी ६५ बर्षसम्मका व्यक्तिको लागि एलआईसीको ‘जीवन बचत’ योजना

काठमाडौं– “जीवन बिमासहितको खुसीको बचत, जीवन बचत” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन बचत’ नामक एकल बिमाशुल्क जीवन बिमा योजना बजारमा ल्याएको छ ।
कम्पनीले काठमाडौंमा आयोजना गरेको एक समारोहबीच उक्त ‘जीवन बचत’ योजनाको सार्वजनिक अनावरण बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरे ।
१६ देखी ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बिमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि न्युनतम ५ बर्ष र अधिकतम २५ बर्ष रहेको छ ।
बीमा परिपक्वतामा आर्जित बोनससहित बिमाड्ढ रकम एकमुष्ठ प्रदान गरिनेछ । साथै, यस योजनामा बिमा परिपक्वता पछि बिमितले इच्छा अनुसार ५ देखि १० वर्ष भित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ ।
न्युन बिमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ । बिमाशुल्क भुक्तानीको १ वर्ष पश्चात बिमितले कम्पनीबाट कर्जा तथा बिमा सम्पूर्ण सुविधासमेत लिन सक्नेछन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले यस बिमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले एकल बिमाशुल्क (मुद्दती निक्षेप जस्तै) भुक्तानी गरी जीवन बिमा समेत प्राप्त गर्न चाहन्छन्, उनीहरुको लागि ‘जीवन बचत’ योजना उपयोगी हुने वताउनु भयो ।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले नया“ बिमा योजनाको बारेमा प्रकाश पारेका थिए । उनले यो योजनाका उत्कृष्ट विशेषताहरुका कारण ग्राहकहरुमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो