मलेसियामा भ्रमण वर्ष २०२० को उद्घाटन

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा रहेको दूतावासले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको छ ।
सरकारले विदेशमा रहेका सम्पूर्ण कूटनीतिक नियोगहरुमा जनवरी ७ तारिखका दिन एकसाथ भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने निर्णयअनुसार मलेसियामा पनि उद्घाटन गरिएको हो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।
कार्यक्रममा मलेसियाका पर्यटन, कला तथा संस्कृति मन्त्री दातुक मोहमद्दिन विन केतापीमने प्रमुख आतिथ्यता रहेको थियो भने मलेसियाको परराष्ट्र मन्त्रालय लगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैर सरकारी निकायहरुलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै मलेसियाका पर्यटन मन्त्री माननीय केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाईमा नेपाल रहने विश्वास व्यक्त गरे । साथै पर्यटनको विकासको लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियावीचमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा हुनुपर्ने साझेदारी लगायतका विषयमा प्रकाश पार्दै सम्पूर्ण मलेसियन नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्लेअफ चरणमा पुग्न संघर्षरत मुम्बई र लखनउ आपसमा भिड्दै
-
वर्षौँदेखि अपमान ! २०३८ सालदेखि पटक पटक सडकमा
-
शिक्षकका यी माग पूरा गर्न सकिन्छ, यी सकिँदैन भनेर प्रस्ट पार्न सक्नुपर्छ
-
अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ले जित्यो प्रथम पुरस्कार
-
‘आन्दोलन गरेर जे मागे पनि पूरा हुन्छ भन्ने मनसाय विकास भयो’
-
कस्तो छ यो साताको राशिफल ?