शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सानोतिनो जंगलले जतिनै प्रदूषण सोस्ने यस्तो प्रविधिको विकास

मङ्गलबार, २२ पुस २०७६, १५ : ३२
मङ्गलबार, २२ पुस २०७६

एजेन्सी । सहरमा बढ्दो प्रदूषण रोक्नको लागि एक सानो–तिनो जंगलले जतिनै प्रदूषण सोस्ने प्रविधि विकास भएको छ । 

विश्वका कैयौं प्रमुख सहरमा प्रयोग गर्न थालिएको यो प्रविधि पछिल्लो समय लण्डनमा पनि प्रयोग गरिएको छ ।

ठाडो बंगैचाको रुपमा काम गर्ने यो संरचनामा सानो बेन्च जोडिएको छ । त्यसमा कामबाट थकान महसुस गरेका मानिस बस्न सक्छन् । 

यसलाई ग्रिन–सिटी सोलुसनले निर्माण गरेको हो । कम्पनीले प्रदूषण सोस्ने यो ठाडो बंगैचार्ला ‘सिटी–ट्री’ नाम दिएको छ । सिटी–ट्रीले एक प्रतिशत क्षेत्रमा २७५ रुखले जतिनै प्रदूषण सोस्छ ।

विश्व स्वास्थ संगठनका अनुमान अनुसार प्रत्येक वर्ष वायु प्रदूषणका अनुसार ७० लाख असामायिक निधन हुने गर्छ । यो विश्वमा सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य समस्या हो । 

सिटी–ट्री बर्लिन, ओस्लो, पेरिस, आम्र्सटरड्याम, ब्रसेल्स, ड्राम्मेन, न्युक्यासेल र हंगकंगजस्ता युरोेप र एशियाका कैयौं सहरमा लगाइसकिएको छ ।

सिटी–ट्री बेन्च १३ फिट अग्लो छ र यसमा १६८२ काईका स–सानो गुच्छा(मुन्टा) राखिएका हुन्छन् ।

काईको संयोजन यसरी गरिएको छ कि यसले पार्टिकुलेट म्याटर(प्रदुषित कण)लाई छान्छ, कार्बनडाई अक्साइड सोस्छ र धुलोजस्ता प्रदूषण हटाउँछ । 

काईमा विशेष ब्याक्टेरिया राखिएको छ जसले ०.१ म्याक्रोनदेखि १० म्याक्रोनबीचका पार्टिकुलेट म्याटरलाई सोस्छ । 

सिटी–ट्रीको प्रभावकारिताको जाँच ल्याब परिक्षण प्रोएम्बिएन्ट इन्स्टिच्युटले गरेको थियो । अनुसन्धानका क्रममा रुखले प्रति वर्ष ०.२२ मेट्रिक टन कार्बनडाइ अक्साइड सोस्छ भने सय रुखको समूहले २.२ मेक्टिक टन कार्बनडाई–अक्साइड सोस्छ । 

परिक्षणका क्रममा सिटी–ट्रीले वातावरणबाट २७५ रुखले बराबर कार्बनडाइ अक्साइड हटाइएको देखिएको थियो ।

त्यस अतिरिक्त प्रति दिन २५० ग्राम पार्टिकुलेट म्याटर पनि सफा गरेको थियो । यसले प्रदुषण सोस्नेमात्र होइन, अक्सिजन फ्याक्छ पनि । फलस्वरुप सिटी–ट्रीले दोहोरो फाइदा दिन्छ । 

बेन्चमा इन्टरनेट सम्पर्क भएकाले यसले वरपरी वातावरणको निरन्तर मापन गरिरहेको हुन्छ । बेन्चले प्रदुषण तथ्याकं, हावा तापक्रम, पानी गुणस्तर र माटो आद्रता तथ्याकं दिनेगर्छ । 

त्यस अतिरिक्त, बेन्चमा सोलार प्यानल र पानी संकलन क्षेत्र पनि भएकाले यसले आफूलाई आवश्यक उर्जा आफैले उत्पादन गर्छ । फलरुपमा यो स्व–निर्भर छ । 

ग्रिन–सिटी सोलुसन्सले उसको मुख्य लक्ष यस प्रविधिलाई घरभित्र राख्न मिल्ने बनाउने रहेको बताएको छ । तर अहिले भने यसको उच्च मुल्यले त्यो सम्भव नहुन सक्छ । कम्पनीले यसको मुल्य २७ हजार अमेरिकी डलर राखको छ । 

तथापि, हानिकारक प्रदुषण हटाउने कामका अतिरिक्त सार्वजनिक स्थानमा राख्दा यसमा विज्ञापन राख्न मिल्ने, पल प्रति पलका तथ्याकं सहरलाई उपलब्ध गराउने र आफ्नो उर्जा आफै निर्माण गर्ने भएकाले दिर्गकालमा यो उपयोगी हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप