अनलाइनमार्फत ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले अनलाइनमार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौँका सुशील गुरुङलाई सोमबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइनमार्फत विभिन्न व्यक्तिलाई झुटा कुरा सम्प्रेषण गरी लाखौँ रकम ठगी गरेकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
मोटरसाइकल चोरी गर्दै गर्दा एक पक्राउ
नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दै गर्दा एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित सडकमा पार्किङ गरेर राखेको प्रदेश–३–०२–००२ प ३९५ नंको मोटरसाइकल चोरी गर्ने काभ्रेपलाञ्चोकका २० वर्षीय युवराज तामाङलाई आज बिहान पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार तामाङले मोटसाइकल चमतीबाट डो¥याएर ल्याएको अवस्थामा फेला पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत
-
एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट