केन्द्रीय संस्करण

इन्डोनेसियामा शक्तिशाली भूकम्प

person explore access_timeपुस २२, २०७६ chat_bubble_outline0

एजेन्सी । इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार ६.२ म्याग्नीच्युडको भूकम्प आएको छ । शक्तिशाली भूकम्प आएपनि कुनै क्षति विवरण प्राप्त भइनसकेको र  सुनामी चेतावनीको कुनै सुचना जारी नगरिएको अधिकारीहरुले जनाएका छन् । 

अमेरिकी भूगर्भ विभागकाअनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प आएको हो । इन्डोनेसियाली मौसम तथा भूभौतिक विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको समाचारमा जनाइएको छ ।

भूकम्पपछि स्थानीय वासिन्दा त्रसित भएका छन् भने भूकम्पको झट्का महसूस गर्ने वित्तिकै स्थानीयवासी घरबाहिर दौडिएका थिए । ‘हामीले अहिले सामुद्रिक किनाराको अवलोकन गरिरहेका छौँ, सामुिद्रक पानीको चाल कस्तो छ भन्ने हेरिरहेका छौँ,’ एक स्थानीयवासीले एएफपी समाचार समितिलाई बताएका छन् । कुनै मानवीय क्षति र भौतिक संरचना क्षतिको विवरण अहिलेसम्म प्रान्त नभएको अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियामा यस्ता भूकम्प, ज्वालामुखी र आँधी बेला बेलामा आइरहने गरेको छ । यसअघि सन् २०१८ मा सुलावेसी टापूमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र सुनामीका कारण २२ सय भन्दाबढीको मृत्यु भएको थियो भने, एक हजारभन्दा बढी बेपत्ता भएका घोषणा गरिएको थियो । –एएफपी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.