आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

केटाको फोन आउँदा १५ वर्षीया किशोरीको हत्या,आमासहित चारजना पक्राउ

मङ्गलबार, २२ पुस २०७६, १४ : २२
मङ्गलबार, २२ पुस २०७६

पर्सा । प्रहरीले १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनिताकी आमा पनि रहेकी छन् भने बुबा फरार रहेका छन् ।  

पोखरिया गाउँपालिका– ९ सेमरबारी बस्ने किशोरीकी आमा शिवकली देवी, काका सन्तोष दास तत्वा, राजेन्द्र दास तत्वा र ट्याक्टर चालक जितेन्द्र यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

एसपी राठौरका अनुसार पुनिताका बुबा वीरेन्द्र दास भने फरार छन् । पुनिता हत्याको घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा मोबाइलमा केटाको फोन आएपछि पुनितालाई कुटपिट गर्दा मृत्यु भएको हुनसक्छ । एसपी राठौरले भने, ‘कुटपिटकै क्रममा पुनिताको ज्यान गएपछि घरनजिकैको खेतमा गाडेको जस्तो देखिन्छ । जलाएको अवस्थामा केही अवशेष पनि फेला परेका छन् ।’

करिब एक महिनाअघि पुनिता हराएको सूचना प्रहरीमा पुगेको थियो । प्रहरीले सूचनाकै आधारमा पुनिताको खोजीकार्य जारी राखेको थियो । अन्ततः २१ गते पुनिताको शव फेला पारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप