राष्ट्रिय स्वार्थ पूरा हुन्छ भने चिनियाँ वा अमेरिका बास्ना आयो भनेर हुँदैन: रक्षामन्त्री पोखरेल (भिडियो सहित)

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वार्थका लागि हित हुनेछ भने त्यसमा अवरोध गर्न नहुने बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति र जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालले गरेको समावेशी विकास र सम्बृद्ध नेपाल विषयक कार्यक्रममा कुन देशले सहयोग सहयोग गर्छ भन्ने कुरालाई सैद्धान्तिकीकरण गर्न नहुने बताए । उनले चिनियाँ सहयोग परियोजना सैन्य गतिविधिसँग सम्बन्धित नभई विकास परियोेजनासँग सम्बन्धित रहेको उल्लेख गरे ।
उनले चिनियाँ सहयोग आउँदा यसमा चाइनिज बास्ना आयो भन्ने अमेरिकाबाट सहयोग आउँदा अमेरिका बास्ना आयो नभनी राष्ट्रिय स्वार्थका लागि सहयोग आउँछ भने जतासुकैबाट आएको सहयोग लिनुपर्ने बताए । उनले चीन र जापानको सम्बन्धबारे उदाहरण दिँदै दुई देशबिच सम्बन्ध राम्रो नभएपनि जापानले गरेको आर्थिक सहायता चीनले लिएको बताए ।
उनले भने–‘जापान र चीनको सम्बन्ध राम्रो नहुँदा नहुदै पनि चीनले सहयोग लिएको थियो । यहाँ हामी के गर्छौँ के गन्हाउछ भनेर बास लिएर बस्छौँ । हामी अमेरिकासँगको कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ । हामी अमेरिकी,बेलायती,भारतीयसँग आँखा आँखामा जुधाएर भन्छौँ, हामी कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ । हाम्रो राष्ट्रिय हित विकास निर्माणमा उनीहरुले सहयोग गर्छन् भने हामी नाई नास्ती गर्दैनौँ ।’
बैदेशिक सहयोग आउँदा यो हुन्छ कि हुँदैन भनेर सैद्धान्तिकरण गर्ने समस्या रहेको बताउँदै मन्त्री पोखरेलले संसदभित्र र बाहिर हुने छलफल राष्ट्रिय स्वार्थलाई हेरेर गर्नुपर्ने बताए । उनले स्वास्थ्य विमाको कार्यक्रम प्रभावकारी नभएको बताउँदैं बेरोजगार उत्पादन गर्ने शैक्षिक प्रणाली भएकोले त्यसमा सुधार गर्न आवश्यक रहेको बताए । यस्तै उर्जा विकासका लागि नीति कार्यक्रममा सुधार ल्याउन आवश्यक रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय