केन्द्रीय संस्करण

राष्ट्रिय स्वार्थ पूरा हुन्छ भने चिनियाँ वा अमेरिका बास्ना आयो भनेर हुँदैन: रक्षामन्त्री पोखरेल (भिडियो सहित)

person explore access_timeपुस २२, २०७६ chat_bubble_outline0

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वार्थका लागि हित हुनेछ भने त्यसमा अवरोध गर्न नहुने बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति र जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालले गरेको समावेशी विकास र सम्बृद्ध नेपाल विषयक कार्यक्रममा कुन देशले सहयोग सहयोग गर्छ भन्ने कुरालाई सैद्धान्तिकीकरण गर्न नहुने बताए । उनले चिनियाँ सहयोग परियोजना सैन्य गतिविधिसँग सम्बन्धित नभई विकास परियोेजनासँग सम्बन्धित रहेको उल्लेख गरे । 

उनले चिनियाँ सहयोग आउँदा यसमा चाइनिज बास्ना आयो भन्ने अमेरिकाबाट सहयोग आउँदा अमेरिका बास्ना आयो नभनी राष्ट्रिय स्वार्थका लागि सहयोग आउँछ भने जतासुकैबाट आएको सहयोग लिनुपर्ने बताए ।  उनले चीन र जापानको सम्बन्धबारे उदाहरण दिँदै दुई देशबिच सम्बन्ध राम्रो नभएपनि जापानले गरेको आर्थिक सहायता चीनले लिएको बताए ।

उनले भने–‘जापान र चीनको सम्बन्ध राम्रो नहुँदा नहुदै पनि चीनले सहयोग लिएको थियो । यहाँ हामी के गर्छौँ के गन्हाउछ भनेर बास लिएर बस्छौँ । हामी अमेरिकासँगको कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ । हामी अमेरिकी,बेलायती,भारतीयसँग आँखा आँखामा जुधाएर भन्छौँ, हामी कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ । हाम्रो राष्ट्रिय हित विकास निर्माणमा उनीहरुले सहयोग गर्छन् भने हामी नाई नास्ती गर्दैनौँ ।’

बैदेशिक सहयोग आउँदा यो हुन्छ कि हुँदैन भनेर सैद्धान्तिकरण गर्ने समस्या रहेको बताउँदै मन्त्री पोखरेलले संसदभित्र र बाहिर हुने छलफल राष्ट्रिय स्वार्थलाई हेरेर गर्नुपर्ने बताए ।  उनले स्वास्थ्य विमाको कार्यक्रम प्रभावकारी नभएको बताउँदैं बेरोजगार उत्पादन गर्ने शैक्षिक प्रणाली भएकोले त्यसमा सुधार गर्न आवश्यक रहेको बताए । यस्तै उर्जा विकासका लागि नीति कार्यक्रममा सुधार ल्याउन आवश्यक रहेको उनको भनाई छ । 
          
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.