शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बढी खानु पनि खतरा !

मङ्गलबार, २२ पुस २०७६, १३ : २८
मङ्गलबार, २२ पुस २०७६

हामी बालबच्चाहरुले कम खानेकुरा खाए भनेर चिन्ता गर्छौं । कम खाएमा बच्चालाई पौष्टिक पदार्थ पुग्दैन, उनीहरु कमजोर, रोगी हुन्छन् भन्ने हाम्रो सोचाइ रहेको हुन्छ । तर केही समयअघि ब्रिटेनमा गरिएको एक अध्ययनमा त्यसको ठीक उल्टो कुरा पत्ता लागेको थियो ।

व्रिटेनका करीव ४ हजार बच्चाहरुमाथि एक अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा सानोमा कम खानेकुरा खाने बालकहरुलाई बढी खानेकुरा खाने बालकहरुको तुलनामा क्यान्सर हुने खतरा कम रहेको पत्ता लागेको थियो । यो अनुसन्धानले सानोमा बढी खानेकुरा खन्चुवा बच्चालाई क्यान्सर हुने खतरा बेसी रहेको प्रष्टै देखियो ।

यही प्रयोग पहिले मुसाहरु माथि पनि गरिएको थियो त्यसमा पनि बढी खाने मुसालाई क्यान्सरको खतरा बढी र कम खानेलाई क्यान्सरको खतरा कम रहेको देखिएको थियो ।

Title photo: https://www.healthyplace.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप