शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकी विन्टर फ्रि सर्भिस क्याम्प पुस २३ देखि, यस्ता छन् अफरहरु

मङ्गलबार, २२ पुस २०७६, १३ : १६
मङ्गलबार, २२ पुस २०७६

काठमाडौं– नेपालको लागि सुजुकी फोर ह्वीलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । 

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउन सकिने छ । सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, एसडीटी डायग्नोसिसमा ५० प्रतिशत छुट मिल्ने पनि कम्पनीले बताएको छ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्वील एलाइनमेन्टमा १० प्रतिशत छुट पाउने छन् । 

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप