तथ्यांकमा चुक्दै सरकारी निकाय, च्याउ खेती गर्नेको विवरण नै छैन
काठमाडौं–सुनसरीको इनरुवा नगरपालिकाका दिपक कुमार मेहेता च्याउ ब्यवसायमा लागेको ४ वर्ष भयो । भारत भ्रमणमा जाँदा त्यहाँ गरेको च्याउ खेतीबाट उनी प्रभावित भएका थिए । नेपालमा आएपछि उनले पनि च्याउ ब्यवसाय गर्ने निधो गरे । सुरुवातको एक वर्षसम्म उनले भारतबाटनै च्याउ खेतीको बारेमा जानकार एक व्यक्ति ल्याएर सिके भने सोलगत्तै जिल्ला कृषि विकास कार्यालयमा रक्षा च्याउ खेती दर्ता गरे । अहिले उनको ५ वटा च्याउ घर रहेको छ ।
पछिल्लो समय नेपालमा व्यबसायीक रुपमा च्याउ खेती गर्ने कृषकहरुको संख्यामा पनि बृद्धि भईरहेको छ । च्याउ खेतीबाट फाइदा र खुशी भएका एक उदाहरण दिनु पर्दा दिपकको नाम लिन सकिन्छ । खेतीको समयमा मौसम अनुकुल र रोग नलागेको खण्डमा दैनिक १ देखि ३ क्विंन्टल सम्म च्याउ उत्पादन गर्ने गरेको उनी सुनाउँछन् । उनले आफूले उत्पादन गरेको च्याउ होलसेल मुल्यमा प्रतिकिलो १२० रुपैयाँमा बेच्दै आईरहेको बताए । जुन ब्यापारीहरुले २ देखि ३ सय सम्म प्रति किलोमा बिक्रि गर्दै आइरहेका छन् ।
२० लाखसम्म आम्दानी
सबैको रोजाईमा पर्ने भएकाले च्याउको मूल्य बजारमा अन्य तरकारीको मुल्य भन्दा बढी नै तिर्नु पर्छ । माछा,मासु नखाने व्यक्तिले च्याउ बढी मात्रमा प्रयोग गरेको पाईन्छ । स्थानिय उत्पादनले बजारको माग पुरा गर्न सकिरहेको छैन् । च्याउ खेतीबाट दिपकले अहिले सम्म वार्षिक रुपमा २० लाख सम्म आम्दानी गरेका छन् । उनी भन्छन् –मौसम राम्रो र च्याउमा रोग नलागेको खण्डमा आम्दानी पनि मेहनत गरे अनुसारनै हुनेगर्छ ।
च्याउ खेतीमा ग्रीन र ब्ल्याक फङगर्स रोगले सताउने गरेको छ । यो रोग च्याउमा लागे पछि एक पछि अर्काे पोकामा सर्दे जान्छ । यो रोगको रोकथाम र उपचार विधि नभएको कारण रोग लागेपछि च्याउलाई बचाउने कुनै पनि उपाय छैन् ।
बैशाखमा ७ लाखको नोक्सान भयो
च्याउ खेती सुरु गरेदेखि मज्जाले आम्दानी गरिरहेका दिपकलाई यो वर्षको सुरुवात अर्थात बैशाख महिनामा ७ लाख घाटा लाग्यो । बैशाख १ र २ गते आएको हावाहुरीका कारण दिपकको ५ वटा च्याउ घरमा क्षति पुगेको थियो । त्यो समयमा घर निर्माणको पैसा र ५ घरमा लगाएको च्याउ गरी १० लाख भन्दा बढीको क्षति भएको थियो । आफ्नो च्याउ खेतीमा भएको क्षतिको विवरणबारे जिल्ला कृषि विकास कार्यालयलाई जानकारी गराउदा कुनै पनि जवाफ नआएको उनले बताए । विमा बारे कृषि कार्यालयनै सुस्त
नेपाल सरकारले कृषि व्यवसायलाई सुरक्षित राख्नको लागि कृषिमा विमा निति ल्याएको छ । दिपकले लगानीलाई सुरक्षित राख्नको लागि च्याउ खेती विमा गर्ने सोच बनाए । पटक÷पटक इनरुवाबाट जिल्ला कृषि विकास कार्यालय धाए । तर पनि विमा गर्न पाएनन् । त्यसैले कहिले काहिले च्याउ खेतीमा परेको नोक्सानी उनी एक्लैले ब्यर्हाेर्नू परेको छ । आफ्नो च्याँउ खेती विमा गर्न जादा कार्यालयका कर्मचारीहरु भने गफमा ब्यस्त हुन्छन् । च्याउ खेती पछि उनी धेरै चोटी समस्या बोकेर कृषि विकास कार्यालय धाए । उनको समस्याको समाधान हुनुत धेरै परको कुरा भयो कर्मचारीले कुरा सम्म राम्रो संग सुनिदिन्नन् ।
तथ्याङकमा सरकारी निकाय फितलो
कृषकबाट गुनासो आईरहदा कृषि सम्बन्धि काम गर्ने सरकारी निकायको अवस्था हेर्ने हो भने अत्यन्तै नाजुक देखिन्छ । देशभर च्याउ खेती गर्ने कृषको तथ्याङक संकलनको लागि जिल्लादेखि निर्देशनालय र कृषि विभागको व्यवसायीक किट निर्देशनालयसम्म पुगियो । तर तथ्याङक फेला पार्न सकिएन् । यो तथ्याङकको बारेमा बुझ्नको लागि केन्द्रले निर्देशनालय अनि निर्देशनालय जिल्ला कृषि विकास कार्यालयमा बुझ्नु भन्दै पार लगाईदिन्छ । तर बास्तविकता यो हो की कुनै पनि सरकारी निकायमा सहि तथ्याङक भेट्न गाह्रो छ । निर्देशनालयमा कृषि व्यवसाय गर्ने समग्र तथ्याङक हुने भएको हुँदा च्याउ खेतीको मात्रै नछुट्याएको निर्देशनालयको भनाई छ ।
यस्तै १० प्रतिशतले मात्रै आफ्नो ब्यवसाय दर्ता गर्ने गरेको बुझिएको छ । ब्यवसायिक किट विकास निर्देशनलयका निर्देशक हरीहर अधिकारीले दर्ता प्रक्रियामा भन्दा पनि ब्यवसामा ध्यान दिने हुदा कम दर्ता भएको प्रतिक्रिया दिए ।
धन्न व्यवसायिक किट विकास निर्देशनालयमा यति डाटा संकलन भएको रैछ । अहिले सम्म २५ जना च्याउको विउ उत्पादन गर्ने र ४३ जना च्याउ उत्पादक तथा
वितरकहरुको तथ्याङक हामीलाई उपलब्ध गराएका छन् । सरकारको देशभरको तथ्याङक हेर्ने हो भने एक जिल्लामानै यतिको संख्यामा ब्यवसायीहरु रहेका छन् । च्याउ खेतीको लागि सरकारले च्याउको वीउ र च्याउ घर निर्माणको लागि ५०÷५० प्रतिशत अनुदान दिदै आईरहेको छ । यस्तै च्याउ खेती विमाको योजनालाई पनि अघि सारिएको छ ।