गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना
निकै सुरिलो स्वरकी धनी भनेर चिनिने गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना भएको छ ।
दुर्घटनाका कारण उनको निधारमा चोट लागेको छ भने एउटा आँखा पनि निलो भएको छ । साथै उनका हत्केला र हातमा पनि चोट लागेको उनले जानकारी दिएकी छिन् ।
त्रिशालाले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएकी हुन् । उनले फेसबुकमा दुईवटा भिडियो स्टोरी राखेर उक्त दुर्घटनाबारे बताएकी हुन् ।
त्रिशालाले पठाओ सेवा प्रयोग गर्दा दुर्घटनामा परेको पनि जानकारी दिइन् । यद्यपि, दुर्घटनाका लागि पठाओ सेवा र चालकलाई दोष दिन भने नचाहेको उनले स्पष्ट पारिन् । पछाडि बस्नेलाई पनि हेल्मेट दिने वा अनिवार्य रुपमा हेल्मेट लगाउनै पर्ने नियम बनाए यस्ता सेवा अझै राम्रो हुने भन्दै उनले पठाओलाई सल्लाह पनि दिएकी छिन् ।
त्रिशालाले विभिन्न कभर गीतहरु गाउने गर्छिन् । नेपाली सांगितिक क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते