बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हरिहर र कृस्टिनको ‘शुभलभ’ लन्डनमा प्रदर्शन

मङ्गलबार, २२ पुस २०७६, १२ : ०६
मङ्गलबार, २२ पुस २०७६

लन्डन । करिब एक बर्ष अगाडि नेपाल प्रदर्शनमा आएको फिल्म ‘शुभलभ’ लन्डनमा पनि प्रदर्शनमा आएको छ । फिल्म आइतबार साउथ हयारोस्थित गोल्डेनसीप हलमा आयोजित शोमा दर्शकको उल्लेख्य सहभागीता रहेको निर्देशक सन्तोष लोहनीले जानकारी दिए ।

फिल्म शोमा एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का, गुल्मी जिल्ला समाज युकेका सल्लाहकार गोकर्ण बस्नेत, थर्ड आइका विकास देवकोटा, मिसेस नेपाल टिम, स्थानीय कलाकार र सर्वसाधारणको सहभागिता उल्लेख्य सहभागिता रहेको छ । फिल्म बेलायतका विभिन्न शहरमा गरेर महिनासम्म प्रदर्शन हुनेछ ।

प्रेम कथामा कमेडी मिसाइएको फिल्म १२ तारिख प्लमस्टिड वर्किङ मेन्स क्लब, १८ जनवरी रेडिङको द वेयरहाउस, २० जनवरीमा स्कटल्याण्ड र १६ मा अल्डरसटमा समेत प्रदर्शन हुने निर्देशक लोहनीको भनाई रहेको छ ।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता धर्मराज सुवेदी हुन् । फिल्ममा ज्योतिस हरिहर अधिकारी, कृस्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्य थापालगायतको मुख्य भूमिका रहेको छ ।

हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायका स्थानमा छायाँकन गरिएको फिल्मको युरोप प्रदर्शनले भिजिट नेपाल २०२० लाई समेत मद्दत पुर्याउने बिश्वास निर्देशक लोहनीको रहेको छ ।

फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको एक्सन छ । यसका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप